
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा प्रतिनिधि सभाको बैठक ५ असारमा बस्नेछ, जसमा नागरिकता विधेयक र बजेटको मन्त्रालयगत छलफल हुनेछ।
- संघीय निजामती सेवा विधेयकमा 'कुलिङ पिरियड' लागू हुने प्रावधानले उच्च पदस्थ कर्मचारीहरूमा असन्तुष्टि पैदा गरेको छ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा छलफल गर्नुभएको छ, तर विधेयक कार्यसूचीमा समावेश भएन।
५ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा नागरिकता विधेयक अगाडि बढाउने र बजेटको मन्त्रनालयगत छलफल गर्ने सम्भावित कार्यसूची छ ।
यसअघि मंगलबार कार्यसूचीमा परेर पनि रोकिएको संघीय निजामती सेवा विधेयक अगाडि बढाउने विषय कार्यसूचीमा छैन ।
निजामती सेवा विधेयकमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीको हकमा अवकाशपछि ‘कुलिङ पिरियड’ लागू हुने प्रावधान राखेको छ । जस अनुसार राजीनामा वा अवकाश पाएपछि सरकारी कर्मचारीले २ वर्षसम्म संवैधानिक वा अन्य नियुक्त पाउँदैनन् ।
यस्तो प्रावधानमा उच्च पदस्थ कर्मचारीले असन्तुष्टि जनाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो राखेका छन् ।
गत सोमबार मन्त्रिपरिषदको बैठकमै ‘कुलिङ पिरियड’बारे छलफल भएको थियो । बुधबार राज्य व्यवस्था तथा सुसासन समितिका सभापति रामहरि खतिवडालाई नै बोलाएर प्रधानमन्त्री ओलीले छलफल गरेका थिए ।
प्रधानमन्त्रीले चासो राखेर छलफल गरिरहेको निजामती विधेयक मंगलबारको कार्यसूचीमा परेर पनि रोकियो भने बिहीबारको कार्यसूचीमा पर्दै नपरेको हो ।sa
प्रतिक्रिया 4