
News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायलका रक्षामन्त्रीले इरानका सर्वोच्च नेता खामेनीलाई जिउँदै छाड्न नहुने बताएका छन्।
- इरानले बेर्शेबाको अस्पतालमा मिसाइल आक्रमण गरेपछि इजरायली रक्षामन्त्री काट्जको आक्रामक बयान आएको हो।
- इजरायली प्रधानमन्त्री नेतन्याहू र राष्ट्रपति हर्जोगले आक्रमणको निन्दा गर्दै यसको प्रतिवाद गर्ने बताएका छन्।
५ असार, काठमाडौं । इजरायलले इरानका सर्वोच्च नेता अयातुल्लाह खामेनीलाई जिउँदै छाड्न नहुने बताएको छ ।
इरानले इजरायलकाको दक्षिण सहर बेर्शेबाको सोराका अस्पतालमा आक्रमण गरेपछि इजरायली रक्षामन्त्रीको आक्रामक अभिव्यक्ति आएको हो ।
बिहिबार तेल अवीवमा पत्रकारहरुसँग कुरा गर्दै इजरायली रक्षामन्त्री इजरायल काट्जले इरानी सर्वोच्च नेता खामेनी जिवितै छाड्न नहुने बताएका गार्जिएनले जनाएको छ ।
काट्जले भनेका छन्, ‘खामेनी खुलारुपमा इजरायललाई नष्ट गर्न चाहेको भन्छन् । उनकै व्यक्तिगत निर्देशनमा अस्पतालमा आक्रमण गरिएको छ । इजरायललाई समाप्त पार्नु नै आफ्नो उद्देश्य भएको बताउँछन् । यस्ता मानिसलाई अब जीवित रहन दिनु हुँदैन ।’
अस्पतालमा भएको आक्रमणमा कम्तिमा ८९ जना घाइते भएका बीबीसीले जनाएको छ । इरानले भने बेर्शेबा सहरमा अवस्थित इजरायली सेनाको दुई मुख्यालयलाई निसाना बनाउन खोजेकोमा अस्पतालामा विस्फोट भएको बताउँदै आक्रमणको बचाउ गरेको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आक्रमणको प्रतिवाद गर्ने चेतावनी दिएका छन् । नेतन्याहूले भनेका छन्, ‘हामी तेहरानमा बसिरहेका तानाशाहसँग यसको पूरा मूल्य असुल्नेछौं ।’
सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै प्रधानमन्त्री नेतन्याहूले भनेका छन्, ‘आज बिहान इरानका आतंककारी तानाशाहले बेर्शेबाको सोरोका अस्पताल र आवासीय क्षेत्रमा मिसाइल प्रहार गरे । हामी इरानका तानाशाहसँग यसको पूरा मूल्य असुल्नेछौं ।’
इजरायलका राष्ट्रपति इसहाक हर्जोगले पनि आक्रमणको निन्दा गरेका छन् । उनले भने, ‘एक बच्चा आइसीयूमा थिए । उनकी आमा उनकै नजिक बसिरहेकी थिइन् । एक वृद्ध नर्सिङ होममा थिए । यिनै मानिसहरु आज बिहान इरानको मिसाइलको निसाना बने ।’
राष्ट्रपति हर्जोगले अगाडि भने, ‘यस्तो बेला हामीलाई सम्झना हुन्छ खासमा के के दाउमा छ र हामी कुन मूल्यको रक्षा गरिरहेका छौं ।’
अस्पतालमा ठूलो क्षति
इरानले प्रहार गरेको मिसाइलको निसाना बनेको बेर्शेबा अस्पतालमा ठूलो क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सोरोका मेडिकल सेन्टरका डाइरेक्टर जेनरल शलोमी कोदेशका अनुसार इरानको मिसाइल आक्रमणपछि अस्पतालका कयौं वार्ड पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
‘अस्पतालका हरेक भागमा क्षति भएको छ । भवन, संरचना, झ्यालहरु, छाना क्षतिग्रस्त भएको छ, अस्पताल पूर्णरुपमा प्रभावित भएको छ ।’
उनका अनुसार आक्रमणअघि नै शल्यक्रिया भवनबाट बिरामीहरुलाई हटाइएको थियो । भवन पुरानो भएकाले केही दिनअघि नै खाली गराइएको उनले बताए ।
आक्रमणबाट अस्पतालको अर्को विभागमा रहेका बिरामीहरु भने प्रभावित भएका छन् । आक्रमणका बेला अस्पतालभित्रै भएकाहरु विस्फोटपछि फुटेका सिसा र छत खसेर घाइते भएका हुन् । घाइते हुनेमा धेरैजसो कर्मचारी र उपचारत बिरामी छन् ।
प्रतिक्रिया 4