
News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले काठमाडौंका १३ वडाध्यक्ष पद रिक्त भएकाले उपनिर्वाचनको तयारी गरिरहेको छ।
- आयोगका आयुक्तहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरी उपनिर्वाचन र रिक्त स्थानका विषयमा निर्णय गरेका छन्।
- प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानहरूमा कात्तिक दोस्रो साता उपनिर्वाचन गर्न प्रस्ताव गरिएको छ।
काठमाडौं, ६ असार । देशभरका स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त छ ।
रिक्त रहेका वडाध्यक्षको पदमा उपनिर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ । तयारी अन्तर्गत नै आयोगका पदाधिकारीहरूले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेट्न आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी पुगेका थिए ।
आयोगका आयुक्तहरुले प्रधानमन्त्रीलाई भेटेर उपनिर्वाचनको तयारीबारे छलफल गरेका हुन् । भेटमा आगामी प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न र राष्ट्रियसभामा आगामी फागुन २० गते
रिक्त हुने १८ स्थानका लागि निर्वाचन तय गर्ने विषयमा छलफल भएको छ । कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न सकिने आयोगको प्रस्ताव रहेको छ ।
प्रतिनिधिसभाका सदस्यको रुपन्देही क्षेत्र नं. ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२) को रिक्त रहेको छ ।
प्रतिक्रिया 4