+
+
Shares
बलिउड :

‘सितारे जमीन पर’ले दुई दिनसम्म भारतमा कमायो ३२ करोड

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते ११:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘सितारे जमीन पर’ फिल्मले भारतमा पहिलो दिन १०.५० करोड र दोस्रो दिन २१.५० करोड भारु कमाइ गर्‍यो।
  • एजेन्सी स्याकनिल्कका अनुसार दुई दिनको कुल कमाइ ३२.२० करोड भारु पुगेको छ।
  • नेपालमा यो फिल्म रिलिज हुन सकेन किनभने नेपाली वितरकले राइट खरिद गर्न अस्वीकार गरे।

काठमाडौं । भारतीय बक्सअफिसमा पहिलो दिन १०.५० करोड भारु ओपनिङ गरेको आमिर खान स्टारर ‘सितारे जमीन पर’ले दोस्रो दिन शनिबार उत्साहजनक कमाइ गरेको छ ।

भारतीय फिल्मको ब्यापार विश्लेषण गर्ने एजेन्सी स्याकनिल्कका अनुसार यो फिल्मको दुई दिनसम्मको कमाई ३० करोड भारु नाघेको छ । दोस्रो दिन झण्डै दोब्बर कमाइ देखिएको हो ।

सबै भाषामा दोस्रो दिन शनिबार भारतभर २१.५० करोड भारु कमाइ भएको उल्लेख छ । आरएस प्रसन्न निर्देशित फिल्मको दुई दिनसम्मको कूल कमाई ३२.२० करोड भारु पुगेको छ ।

आमिर खानको स्टारडम र सकारात्मक ‘वर्ड अफ माउथ’को कारण फिल्मले सुखद कमाइ गरेको हो । शनिबार फिल्मको हिन्दी संस्करणको अकुपेन्सी ३१.१६ प्रतिशत थियो ।

पहिलो दिन १३ प्रतिशत ओपनिङ गरेको फिल्मले दोस्रो दिन ३१.८६ प्रतिशतको वृद्धि गरेको हो । फिल्मले समीक्षकबाट समग्रमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

नेपालमा भने यो फिल्म रिलिज हुनसकेन । भारतीय वितरकले महंगो शुल्क प्रस्ताव गरेपछि नेपाली वितरकले राइट खरिद गरेनन् । शीर्ष भूमिकामा आमिरसहित जेनेलिया देशमुखको अभिनय छ ।

देशभर अडिसनबाट छनोट गरिएका नयाँ १० कलाकार पनि यसमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?