+
+
Shares

पहिरोले तीन दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १२:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको कालीगण्डकी करिडोर तीन दिनदेखि पहिरोका कारण अवरुद्ध छ।
  • सडक खुलाउने काम भइरहे पनि निरन्तर पहिरोका कारण सडक खुलाउन समय लाग्ने बताइएको छ।
  • अवरोधका कारण जिल्ला र छिमेकी जिल्लासँगको सम्पर्क र यातायात प्रभावित भएको छ।

८ असार, गुल्मी । तीन दिनदेखि पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

शुक्रबारदेखि जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–२ गरगरेस्थित कालीगण्डकी करिडोर बाटोमा माथिबाट पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी ) गंगाबहादुर सारुले बताए ।

बाटो खुलाउने काम भइरहे पनि निरन्तर ढुंगा सहितको पहिरो भएकाले समय लाग्ने सारुले बताए । पहिरोले करिडोरका विभिन्न ठाउँमा पहिरोले समस्या निम्त्याएको छ ।

करिडोर सडक अवरुद्ध हुँदा जिल्लाको पूर्तिघाट, छिमेकी जिल्ला बागलुङ, स्याङ्जासँगै पोखरा पुग्ने सवारीसाधन गन्तव्यमा पुग्न सकेका छैनन् ।

त्यस्तै ५ दिन अघि कागण्डकी गाउँपालिका–६ बरम्बा स्थित कालीगण्डकी करिडोर सडकको गुल्मी खण्ड अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक मंगलबार मात्रै एकतर्फी खुलेको थियो । हालसम्म पनि सडक पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?