
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘हर्ष’को प्रदर्शन मंसिर १२ मा तय भएको छ, जसमा खगेन्द्र लामिछाने र वर्षा राउत मुख्य भूमिकामा छन्।
- निर्देशक एकता पौडेलले फिल्म दिवंगत शिव रेग्मीप्रति समर्पित भएको बताइन् र फिल्म चितवनमा छायांकन भएको हो।
- फिल्मको पोस्ट-प्रोडक्सन जारी रहेको र यसमा विभिन्न कलाकारहरूको अभिनय रहेको छ।
काठमाडौं । खगेन्द्र लामिछाने र वर्षा राउतको शीर्ष भूमिका रहेको फिल्म ‘हर्ष’को प्रदर्शन मिति तय भएको छ । निर्माताले सोमबार टाइटल भिडियो सार्वजनिक गर्दै मंसिर १२ देखि फिल्म आउने जनाएका हुन् ।
यो फिल्मको निर्देशन एकता पौडेलले गरेकी हुन् । पौडेलले टाइटल भिडियोको सुरुवातमा नै यो फिल्म दिवंगत निर्देशक शिव रेग्मीप्रति समर्पित रहेको उल्लेख गरेकी छन् ।
चितवनमा छायांकन भएको यो फिल्मको अहिले पोस्ट-प्रोडक्सन भैरहेको छ । फिल्ममा नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेणु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, संगिता नापितको पनि अभिनय छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा निर्देशक पौडेलले लेखेकी हुन् । पारिवारिक सामाजिक कथावस्तुमा बनेको फिल्मको निर्माता प्रसन्न पौडेल र विकास पौडेल हुन् । कार्यकारी निर्मातामा हिक्मत चोखाल छन् ।
प्रतिक्रिया 4