
News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायली सेनाले इरानका छ वटा विमानस्थलहरूमा आक्रमण गरेको दाबी गरेको छ।
- आक्रमणमा १५ वटा विमान नष्ट र रनवेहरूमा क्षति पुर्याइएको बताइएको छ।
- इरानले यी आक्रमणहरूको पुष्टि गरेको छैन।
९ असार, काठमाडौं । इजरायली सेनाले इरानका छ वटा विमानस्थलहरूमा आक्रमण गरेको दाबी गरेको छ।
इजरायली सेनालाई उद्धृत गर्दै यी आक्रमणमा १५ वटा विमान नष्ट गरिएको दाबी गरेको उल्लेख गरेको छ । आक्रमणबाट केही विमानस्थलका रनवेहरूमा क्षति पुर्याइएको छ।
इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले सामाजिक सञ्जालमार्फत दिएको जानकारीमा यी आक्रमणहरू इरानको पश्चिमी, पूर्वी र केन्द्रीय क्षेत्रमा रहेका विमानस्थलहरूमा गरिएको थियो।
इजरायली सेनाले यसबाट रनवे र भूमिगत बंकरहरूमा पनि क्षति पुगेको जिकिर गरेको छ ।
आईडीएफका अनुसार, ती हवाई आक्रमणमा एफ-१५ र एफ-५ लडाकु विमान, इन्धन भर्ने विमान र एएच-१ कोब्रा आक्रमण हेलिकप्टरहरू पनि ध्वस्त पारिएका छन्।
इरानले हालसम्म यी आक्रमणहरूको पुष्टि गरेको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4