
News Summary
Generated by OK AI. Editorially reviewed.- ‘सितारे जमीन पर’ फिल्म नेपालमा रिलिज हुने निश्चित भएको छ, एप्पल इन्टरटेनमेन्टले घोषणा गरेको हो।
- फिल्मको प्रदर्शन मिति सेन्सर प्रक्रिया पूरा भएपछि घोषणा गरिनेछ, भारतमा सफल भएको खबर छ।
- दर्शक र वितरकले फिल्म नेपाल ल्याउन दबाब दिँदै आएका थिए।
काठमाडौं । आमिर खान स्टारर बलिउड फिल्म ‘सितारे जमीन पर’ अन्ततः नेपालमा रिलिज हुने निश्चित भएको छ । एप्पल इन्टरटेनमेन्टले यो फिल्मलाई शुक्रबारदेखि नेपालमा रिलिज गर्न लागेको हो ।
सोहीअनुसार हलहरूले यो फिल्मलाई प्रदर्शन गर्न लागेको एप्पल इन्टरटेनमेन्टका प्रमुख नकिन उद्दिनले बताए । यसअघि यो फिल्मको राइट महंगो भनेको भन्दै वितरकले नेपाल ल्याएका थिएनन् ।
भारतमा भने यो फिल्मले उत्साहजनक कमाइ गरिरहेको छ । भारतमा शुक्रबार रिलिज भैसकेको फिल्मले सोमबारसम्म हिन्दी बेल्टमा मात्रै ६५.८० करोड कमाइ गरेको तरण आदर्शले जनाएका छन् ।
आमिरको यो प्रतीक्षित फिल्म नेपाल नआउँदा दर्शकले निराशा व्यक्त गरिरहेका थिए भने वितरक र हललाई ल्याउन दबाब दिइरहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4