+
+

गाउँमा बाढी पसेपछि सर्वसाधारण भागाभाग

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ३ गते १०:५१

३ साउन, म्याग्दी । म्याग्दीको अर्मन-३ छिसबाङमा अविरल वर्षासँगै आएको बाढी गाउँमा पसेपछि स्थानीयवासी त्रसित बनेका छन् । खहरेखोला पहिरोले थुनिएर गाउँतिर धार परिवर्तन गरेपछि गएराति सर्वसाधारणमा भागाभाग भएको थियो ।

बाढी गाउँमा पसेपछि स्थानीय युवा र सर्वसाधारणको सहयोगमा खहरेका १० घरधुरीलाई गएराति अन्यत्रै सारिएको स्थानीय दधिलाल किसानले जानकारी दिए । उनका अनुसार बाढी र पहिरोले सेउलाबोट, गहते, पुलगैरा, खहरेलगायतका बासिन्दाको सिँचाइ र खानेपानी आयोजनामा समेत क्षति पुर्‍याएको छ ।

अहिले बाढी र पहिरोबाट १५ घर प्रभावित बनेको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?