+
+
Shares

परराष्ट्रमन्त्री डा. राणा इटाली प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते ११:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोम प्रस्थान गरेकी छन्।
  • उनी खाद्य तथा कृषि संगठनको ४४ औं सत्रमा सहभागी हुन गएको छिन् ।
  • सम्मेलनपछि उनी मिलान, ह्याम्बर्ग र बर्लिनमा आयोजना हुने कार्यक्रमहरूमा सहभागी हुने छिन्।

१३ असार, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको राजधानी रोम प्रस्थान गरेकी छन् ।

जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि संगठन (एफएओ) कन्फ्रेन्सको ४४ औं सत्रमा सहभागी हुन मन्त्री राणा शुक्रबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

कन्फ्रेन्सको प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्री राणाले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि एवं परराष्ट्र र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारी सहभागी छन् ।

उक्त सम्मेलनपश्चात परराष्ट्रमन्त्री डा. राणा इटालीको मिलान तथा जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालद्वारा आयोजित कार्यक्रमहरूमा सहभागी हुने छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?