+
+
Shares

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका १२ जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

विभागका अनुसार लुम्बिनीका बाँके, बर्दिया र दाङ, कर्णालीका सुर्खेत, दैलेख र सल्यान, सुदूरपश्चिमका बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको चेतावनी जारी गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते ६:४८

१५ असार, काठमाडौं । मनसुन सक्रिय भएकाले पश्चिम नेपालका जिल्लाहरुमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी जारी गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले लुम्बिनी, कर्णाली र सुदूपश्चिम प्रदेशका १२ जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले असार १६ गतेसम्म सतर्कता अपनाउन भनेको छ ।

विभागका अनुसार लुम्बिनीका बाँके, बर्दिया र दाङ, कर्णालीका सुर्खेत, दैलेख र सल्यान, सुदूरपश्चिमका बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको चेतावनी जारी गरिएको छ ।

विभागले दिएको सूचनाको आधारमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम हुने भएकाले उच्च सतर्कता अपनाउन र पूर्वतयारी तथा पूर्वकार्य गर्न भनेको छ ।

विभागका अनुसार गत २४ घण्टामा सबैभन्दा धेरै प्युठानको स्याउलीबाङमा पानी परेको छ । स्याउलीबाङमा २४ घण्टामा १२०.२ मिलिमिटर वर्षा मापन भएको छ ।

यसैगरी सिन्धुपाल्चोकको गोब्रे स्टेसनमा १०२.६ र कञ्चनपुरको हनुमाननगरमा १०२.४ मिलिमिटर वर्षा मापन भएको छ ।

वर्षा, बाढी र डुबानको जोखिम भएकाले नदी र खोला नजिकको क्षेत्रमा नजान भनिएको छ । साथै सडक र हवाई यातायात समेत प्रभावित हुने सम्भावना रहेकाले मौसमको अध्यावधिक जानकारी लिएर र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?