+
+
Shares

प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते १४:३८
Photo Credit : News Agency Nepal

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले राष्ट्रिय सभामा मन्त्रालयको नाम परिवर्तन गर्न सुझाव दिए।
  • उनीहरूले शहरी विकास मन्त्रालयको नाम ग्रामीण उत्थान तथा शहरी विकास मन्त्रालय राख्न प्रस्ताव गरे।
  • सांसद मिश्रले काम अनुसार नाम मिलाउन सुझाव दिए ।

१५ असार, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले शहरी विकास मन्त्रालयको नाम परिवर्तन गरी ग्रामीण उत्थान तथा शहरी विकास मन्त्रालय राख्न सुझाव दिएका छन् ।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद मिश्रले उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्री भएको बेला मन्त्रीपरिषद् बैठक बोलाएर नाम परिवर्तन गर्न सुझाव दिएका हुन् ।

‘‘म शहरी विकास मन्त्रालयको बारेमा धेरै भन्न चाहन्न । काम र नाम मिलेन कि ?,’ उनले भने, ‘तसर्थ ग्रामीण उत्थान तथा शहरी विकास मन्त्रालय यसको नाम राख्नुपर्छ ।’

उनले अगाडि थपे, ‘अहिले त उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री अहिले कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ । आफैँ भएको बेलामा क्याबिनेट राखेर यसको नाम बदल्दाखेरी जस्तो कामहरू भएको छ त्यो सजिलो हुन्छ कि ?’

सांसद मित्रश्रले राजश्व चुहावटमा कडा ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिए । वनलाई नोक्सान पुर्‍याइरहेका रुख कटान गरी उपयोग गर्न पनि उनले सुझाए ।

सांसद मिश्रले काठमाडौंका नदीनाला र खोला स्वच्छ र सफा राख्न स्थानीय जनपरिचालन आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?