
१६ असार, झापा । झापाको अर्जनुधारा नगरपालिका ११ मा पर्ने बसपार्कस्थित खड्का फर्निचरमा आगलागी भएको छ । आगलागीबाट १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।
मोती बहादुर खड्काको टिनको छानो र टिनको घेराबेरा गरिएको एक तले घरमा सञ्चालन गरिएको फर्निचर पसलमा आगलागी भएको हो । आगलागीबाट काठ चिर्ने मेसिन र काठहरु पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ ।
आगो लागेको जानकारी पाउनासाथ अस्थायी प्रहरी पोष्ट बसपार्कबाट प्रहरी सहायक निरीक्षक नोरजंग लामाको कमाण्डमा टोली खटिएको थियो । प्रहरी र स्थानीयले बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति करिब साढे १२ बजेतिर आगो निभाएका थिए ।
आगलागीको कारण खुलेको छैन । विद्युत् सट भएर आगो लागेको प्रारम्भिक अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4