+
+
Shares

अरनिको राजमार्गमा पहिरो, काठमाडौं आउँदै गरेका गाडी तातोपानी भन्सार क्षेत्रमै रोकिए

केरुङ र कोदारी-तातोपानी नाका दुवैतर्फको सडकमा  क्षति भएपछि चीनसँगको सडक सम्पर्क विच्छेद भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते ९:५२

२६ असार, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको भोटेकोशी २ इकुमा विहीबार बिहान खसेको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

बिहीबार बिहान ५ बजे भोटेकोशी २ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

उनका अनुसार इकुमा सडक माथिबाट पहिरो आएको र सडक तलसम्म भासिएको कारण सडक पूर्णरुपमा अबरुद्ध भएको हो । ‘माथिबाट पहिरो तलबाट भासिएको छ, तलबाट माटो थेगिने वाल नलगाई सडक खुलाउन समस्या छ’, जिल्ला प्रहरी प्रमुख कार्कीले भने, ‘सडक खुलाउने बारेमा सडक विभागसँग समन्वय भइरहेको छ ।’

सडक पूर्णरुपमा बन्द भएपछि तातोपानी नाका हुँदै राजधानी जान लागेका मालबाहक कन्टेनर भन्सार क्षेत्रमै रोकिएका छन् । त्यस्तै यात्रुबाहक बस, साना–ठूला सवारीसाधान र एम्बुलेन्स पनि रोकिएका छन् ।

बुधबार मात्र केरुङ नाकामा रोकिएका पर्यटकहरुलाई कोदारी नाका हुँदै काठमाडौं पठाइएको थियो । चीनतर्फबाट आएको बाढीले केरुङ नाकाको संरचना भत्काइदिएपछि त्यस नाकाबाट नेपाल आउन लागेका पर्यटकहरुलाई सिन्धुपाल्चोकको कोदारी नाकाबाट भित्र्याइएको थियो । तर केरुङ र कोदारी-तातोपानी नाका दुवैतर्फको सडकमा  क्षति भएपछि चीनसँगको सडक सम्पर्क विच्छेद भएको छ ।

केरुङ नाका अबरुद्ध भएको कारण सिन्धुपाल्चोकको कोदारी हुँदै १२६ जना पर्यटक नेपाल भित्रिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । उनका अनुसार १२६ पर्यटक मध्ये ७२ जनालाई हेलिकप्टरमार्फत र ६४ जनालाई बसमार्फत काठमाडौंतर्फ पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?