+
+
Shares

त्रिशूली नदी किनारामा भेटियो पुरुषको शव

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते १४:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदी किनारामा पुरुषको शव फेला परेको छ।
  • प्रहरीले शवलाई भरतपुर जिल्ला अस्पतालतर्फ पठाएको छ र शवको पहिचान खुल्न सकेको छैन।
  • शव २४ असारमा रसुवामा आएको बाढीमा परी बेपत्ता भएका व्यक्तिको हुन सक्ने आशंका गरिएको छ।

२६ असार, काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदी किनारामा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार करिब ४५/५० वर्षको देखिने एक पुरुषको शव बिहीबार फेला परेको हो ।

केही अंग नभएको पुरुषको शव रहेको भन्ने खबर स्थानीयले गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

पहिचान खुल्न नसकेको पुरुषको शवलाई भरतपुर जिल्ला अस्पतालतर्फ पठाएइको छ ।

नदी किनारामा फेला परेको शव २४ असारमा रसुवामा आएको बाढीमा परी बेपत्ता भएका व्यक्तिको हुन सक्ने आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?