
प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- सुर्खेतमा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा ३६ वर्षीय उदय चन्दलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ।
- १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा उनलाई वीरेन्द्रनगर नगरपालिका–३ बाट पक्राउ गरिएको डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए।
- प्रहरीले घटनामा थप अनुसन्धान गरिरहेको जनाएको छ।
३१ असार, सुर्खेत । सुर्खेतमा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भेरी नगरपालिका‐५, जाजरकोट घर भएका ३६ वर्षीय उदय चन्द रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका‐३ मा बस्दै आएका चन्दलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले सोमबार पक्राउ गरेको हो ।
चन्दले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको सुर्खेतका प्रहरी प्रवक्ता एवं डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।
यस घटनामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4