+
+
Shares

सञ्चय कोषको नयाँ ब्याजदर निर्धारण

कोषले सञ्चयकर्तालाई सञ्चय कोष रकम र निवृत्तिभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर ५ प्रतिशत निर्धारण गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते २१:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताका लागि वार्षिक ब्याजदर ५ प्रतिशत निर्धारण गरेको छ।
  • कोषले १ साउनदेखि लागु हुने गरी विशेष सापटीमा ६.२५ प्रतिशत, घर सापटी र शैक्षिक सापटीमा ७.२५ प्रतिशत र सरल सापटीमा ७.५० प्रतिशत ब्याजदर तय गरेको छ।
  • कोषमा करिब ६ लाख ७९ हजार ३ सय ९१ सञ्चयकर्ता र योगदानकर्ता आबद्ध छन् र विभिन्न प्रकारका सापटी तथा भुक्तानी प्रदान गर्दै आएको छ।

३२ असार, काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताका लागि ब्याजदर परिवर्तन गरेको छ ।

कोषले सञ्चयकर्तालाई सञ्चय कोष रकम र निवृत्तिभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर ५ प्रतिशत निर्धारण गरेको हो ।

कोषले सञ्चयकर्तालाइ दिने ब्याजदर सहति सापटीमा लिने ब्याजदर पनि परिवर्तन गरेको छ ।

उसले लिने ब्याजदरमध्ये विशेष सापटीमा ६.२५ प्रतिशत, घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ७.२५ प्रतिशत र जग्गा खरिद सापटी तथा सरल सापटीमा ७.५० प्रतिशत निर्धारण गरेको जनाएको छ । कोष सञ्चालक समितिले १ साउनदेखि लागु हुने गरी निर्णय गरेको हो ।

कोषले विशेष सापटी बाहेक धितोमा आधारित सापटीको ब्याज नियमित चुक्ता गर्ने सञ्चयकर्ताका हकमा ०.२५ प्रतिशतले छुट दिने व्यवस्था गरेको छ ।

कोषले सञ्चयकर्तालाई घर निर्माण गर्न र घर तथा जग्गा खरिदका लागि १ करोडसम्म र घर मर्मत गर्न ३० लाखसम्म सापटी प्रदान गर्दै आएको छ ।

यस्तै सञ्चयकर्ता स्वयं वा पतिपत्नी वा छोराछोरीलाई उच्च शिक्षा अध्ययन गर्ने/गराउने प्रयोजनका लागि शैक्षिक सापटी ४० लाखसम्म र सञ्चयकर्ताको सेवा अवधिमा भइपरी आउने कार्यका लागि दिइने सरल सापटी ६० लाखसम्म प्रदान गर्दै आएको छ ।

कोषले सञ्चयकर्ताको खातामा जम्मा भएको रकमको सुरक्षणमा ९० प्रतिशतसम्मको रकम विशेष सापटीका रूपमा प्रदान गर्ने गरेको छ ।

कोषबाट चालु आर्थिक वर्ष १ लाख ५८ हजार ३ सय ४४ सञ्चयकर्ताले विशेष सापटी, १ लाख १४ हजार ४ सय ५६ ले कोष भुक्तानी, २ हजार ९ सय २६ ले धितोमा आधारित सापटी, २५ हजार २ सय ९८ ले सामाजिक सुरक्षा सुविधा र १ हजार ७ सय ९१ सञ्चयकर्ताले योगदानमा आधारित निवृत्तिभरण भुक्तानी लिएका छन् ।

कोषमा निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सार्वजनिक संस्थान र संगठित क्षेत्र तथा सामुदायिक एवं संस्थागत विद्यालयतर्फका गरी करिब ५ लाख ८० हजार सञ्चयकर्ता र करिब ९९ हजार ३ सय ९१ योगदानकर्ता गरी कुल ६ लाख ७९ हजार ३ सय ९१ सञ्चयकर्ता र योगदानकर्ता आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?