+
+
Shares

आज कर्णालीमा देउडा पर्व मनाइँदै, सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते ६:५१
साउने सङ्क्रान्ति अन्तर्गत १ गते राति कर्णालीमा यसरी राँका निकाल्ने गरिन्छ । र, लुतो फाल्ने प्रलन छ ।

१ साउन, काठमाडौं । आज कर्णालीमा साउने सङ्क्रान्ति तथा देउडा पर्व मनाइँदै छ । हरेक वर्ष साउने १ गते यो पर्व मनाउने प्रचलन रहेको छ ।

पर्वका अवसरमा  अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

२०८१ चैत १७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरी आज सार्वजनिक बिदा दिएको हो ।

यसअघि पनि कर्णालीमा साउन १ गते सार्जनिक बिदा दिने गरिएको थियो ।

माथिल्लो कर्णालीमा साउने सङ्क्रान्ति र देउडा दुवै विशेष रुपमा मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?