+
+
Shares

समयमै इजाजत नवीकरण नगरेका ३७ निर्माण कम्पनीको लाइसेन्स खारेज

मन्त्रालयका अनुसार २०८१ चैत मसान्तसम्म निर्माण व्यवसाय लाइसेन्स नवीकरण गरिसक्नु पर्ने प्रावधान थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले तोकेको अवधिभित्र निर्माण व्यवसाय लाइसेन्स नवीकरण नगरेपछि ३७ कम्पनीको लाइसेन्स खारेज भएको छ।
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार लाइसेन्स स्वत: खारेज भएका कम्पनीहरूको सूची सार्वजनिक गरेको छ।
  • मन्त्रालयका अनुसार २०८१ चैत मसान्तसम्म लाइसेन्स नवीकरण गर्नुपर्ने प्रावधान थियो र गणपति ग्रुप अफ कन्स्ट्रक्सन प्रालि लगायत कम्पनीहरूको लाइसेन्स खारेज भएको हो।

१ साउन, काठमाडौं । सरकारले तोकेको अवधिभित्र इजाजत नवीकरण नगरेपछि एकसाथ ३७ निर्माण कम्पनीको लाइसेन्स (इजाजतपत्र) खारेज भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार लाइसेन्स स्वत: खारेज भएका कम्पनीहरूको सूची सार्वजनिक गरेको छ ।

मन्त्रालयका अुनुसार २०८१ चैत मसान्तसम्म निर्माण व्यवसाय लाइसेन्स नवीकरण गरिसक्नु पर्ने प्रावधान थियो । सोही अनुसार नभएपछि ३७ कम्पनीको लाइसेन्स खारेज भएको हो ।

यसरी लाइसेन्स खारेज हुनेमा गणपति ग्रुप अफ कन्स्ट्रक्सन प्रालि, भ्याली स्टार बिल्डर्स प्रालि, गिरी कन्स्ट्रक्सन प्रालि, पारिजात निर्माण सेवा लगायत छन् ।

लाइसेन्स स्वत: खारेज भएका कम्पनीहरूको सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?