
२ साउन, रसुवा। उत्तरी रसुवास्थित आमाछोदिङ्मो गाउँपालिका–५ को सालासुङ्गी हाइड्रोपावरमा काम गर्ने एक मजदुर मृत फेला परेका छन् ।
आमा छोदिङ्मो गापा–५ ब्राजमका ४७ वर्षीय सुनाम दोर्जे तामाङ गत बिहीबारदेखि बेपत्ता थिए ।
उनी आज पुरानो तातोपानी सडकबाट करिब चार सय मिटर तल मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हेमबहादुर शाहीले बताए ।
लडेर मृत्यु भनिए पनि कारणबारे थप अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।
आफ्नो कामदार हराउँदासमेत खोजीमा सालासुङ्गी हाइड्रोपावरले चासो नदिएको मृतकका आफन्तजनको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4