+
+
Shares

धनगढीमा आगलागी, ३ पसलका ८ सटर जले

आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयबाट ४५ जनाको टोली र सशस्त्र प्रहरी बल ३४ नं. हेडक्वार्टरबाट २५ जनाको टोली  खटिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते ७:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनगढी उपमहानगरपालिका–४ को नास्ट कलेज नजिकै आइतबार राति बिजुलीको तार सर्ट भएर आगलागी भएको थियो।
  • आगलागीबाट हेलेन ट्रेड सप्लायर्सका चार सटर, परिवर्तन इन्पेक्सका तीन सटर र सेन्टर पोइन्ट रेस्टुरेन्टको एउटा सटरमा क्षति भएको छ।
  • आगो नियन्त्रणका लागि ४५ जनाको प्रहरी टोली र २५ जनाको सशस्त्र प्रहरी टोली खटिएको थियो र राति १२ बजे आगो नियन्त्रणमा लिइएको थियो।

५ साउन, धनगढी । कैलाली सदरमुकाम धनगढीमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका–४ को नास्ट कलेज नजिकै आइतबार राति आगलागी भएको हो ।

स्थानीय बिश्व प्रकाश कँडेलले सञ्चालन गर्दै आएको हेलेन ट्रेड सप्लायर्सबाट लागेको आगोले भीषण रूप लिएको थियो ।

आगलागीबाट हेलेन सप्लायर्सका चार वटा सटर, परिवर्तन इन्पेक्स (कपडाको होलसेल पसल)का, तीन सटर र सेन्टर पोइन्ट रेस्टुरेन्टको एउटा सटर गरी जम्मा आठ वटा सटरहरूमा क्षति भएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाको कमाण्डमा ४५ जनाको प्रहरी टोली र सशस्त्र प्रहरी बल ३४ नं. हेडक्वार्टर कैलालीबाट सशस्त्र प्रहरी निरीक्षक सरोज खतिवडाको नेतृत्वमा २५ जनाको टोली  खटिएको थियो ।

राति १० बजेर ५० मिनेटमा बिजुलीको तार सर्ट भएर लागेको आगो मध्यराति १२ बजे नियन्त्रणमा लिइएको थियो । धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगो निभाउन खटिएका सुरक्षाकर्मीहरु

आगलागीबाट ठूलो क्षति भएको अनुमान छ । प्रहरीले क्षतिको विवरण संकलनको काम भइरहेको जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सक्रिय मनसुन रहेको, देशव्यापी रुपमा पानी परिरहेको भए पनि आगलागीको घटना उल्लेख्य भएका छन् ।

यही साउन ३ गते बिहान १० बजेदेखि ४ गते बिहान १० बजेसम्म मात्रै ६ वटा आगलागीका घटना भएका छन् । त्यसबाट ६ जनाको निधन भएको छ भने एक घाइते भएका छन् । आगलागीबाट ४० परिवार प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?