+
+
Shares

केन्द्रीय कमिटीमा सिंहले भने- पूर्वराष्ट्रपतिको सदस्यता नवीकरणको विषय छिटो टुंग्याऔं

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते १८:१४

५ साउन, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य अरबिन्द सिंहले पार्टीको लफडा कार्यकर्तालाई लाज भएको बताएका छन् । मंगलबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा सिंहले नेताहरूले अहिले भइरहेको लफडा तुरुन्तै हटाउनुपर्ने बताए ।

‘पूर्वराष्ट्रपतिको सदस्यता र जिम्मेवारीवाला लफडा छिटो टुंग्याउन जरुरी छ,’ उनले भने, ‘कसैले नवीकरण भैसकेको छ भन्छ कसैले पेन्डिङ छ भन्छ । जे गर्ने हो छिटो टुङ्ग्याउन जरुरी छ । लाजको पसारो भैसकेको छ ।’

उनले उमेरहद आफू अनुकूल हटाउने र राख्ने कुरा अन्त्य हुनुपर्ने बताए । ‘३ किसिमको विधान छापिएको भन्ने कुराको पार्टी नेताहरूबाटै सामाजिक संजालमा छरपस्ट पार्ने काम हुँदै छ। सत्यतथ्य के हो ?,’ नेता सिंहले भने ।

उनले ७० वर्ष उमेर हद र २ कार्यकाल हटाउदा पदाधिकारीको प्रतिष्पर्धी झन् बढ्ने हुँदा पदाधिकारीको संख्या १९ बाट २१ बनाउन सुझाव दिए ।

‘आखिर नेतृत्व चयन गर्ने महाधिवेशनसम्म पुग्दा संख्या बढी हाल्ने विगत छ,’ उनले भने ।

केन्द्रीय सदस्य सिंहले वरिष्ठ उपाध्यक्ष हटाइएकोमा विरोध पनि गरेका छन् ।

‘७० वर्षे उमेर हद र २ कार्यकालबारे ईश्वर पोखरेलले बोलेको हुनाले हटाइयो भन्ने चर्चा व्यापक छ,’ सिंहले प्रश्न गरे, ‘के हो कुरो ?’ उनले पार्टीका प्रतिवेदनहरू तल्ला तहसम्म लैजान माग पनि गरे ।

‘विधान महाधिवेशनको बेला विधान र नीतिको मात्रै चर्चा गर्नपर्छ, नेतृत्वको चर्चा गर्न हुँदैन भन्छौं तर आफैं फलाना नै अध्यक्ष हो भन्छौं । यो विरोधाभाषी कुरा अन्त्य हुनुपर्छ,’ केन्द्रीय सदस्य सिंहको माग छ, ‘विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक र सांगठनिक प्रतिवेदनहरू छिटो प्रकाशित भएर तलसम्म छलफलको लागि आओस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?