+
+

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ८ गते १२:४४

८ साउन, चितवन । चितवनको पिप्लेमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

रत्ननगरबाट लोथरतर्फ जाँदै गरेको ना ३ ख १३०४ नम्बरको बसले बिहीवार विहान  पिप्ले-९ झुरझुरेमा साइकललाई ठक्कर दिँदा त्यसमा सवार भण्डारा- ८ का २१ वर्षीय सुन्दर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको उपचारका लागि भरतपुर अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बसलाई प्रहरीको आफ्नो नियन्त्रणमा लिएको छ । तर बस चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?