+
+
Shares

बागमतीका ४ मन्त्री पदमुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ९ गते २२:१०
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यलय, बागमती प्रदेश ।

९ साउन, काठमाडौं । बागमती प्रदेशका ४ मन्त्री पदमुक्त भएका छन् । मुख्यमन्त्री बहादुर सिंह लामाले ४ मन्त्रीलाई शुक्रबार बेलुका पदमुक्त गरेको पत्र प्रदेश प्रमुखलाई पठाएका छन् ।

मुख्यमन्त्री लामाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछाने, सहकारी तथा गरिबी निवारण मन्त्री मदु कुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन र संस्कृति तथा पर्यटन मन्त्री विमल चन्द्र ठकुरीले राजीनामा दिएका थिए ।

नेपाली कांग्रेसबाट प्रतिनिधित्व गरिरहेका मुख्यमन्त्री लामासँग रुष्ट बनेका उनीहरु पनि कांग्रेसकै हुन् ।

लामाविरुद्ध बागमती कांग्रेसका २१ प्रदेशसभा सदस्यले शुक्रबार संसदीय दलमा समेत अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

मुख्यमन्त्री लामा नेतृत्वको बागमती प्रदेश सरकारले जनआक्रोश भन्दै अविश्वासको प्रस्ताव दर्ता गरेको उनीहरुको जिकिर छ ।

शुक्रबार मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश प्रमुखलाई सम्बोधन गर्दै ४ मन्त्रीलाई पदमुक्त गरेको व्यहोराको पत्र।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?