+
+
Shares

एसईईमा ४ जीपीए ल्याउने प्रिशिला र तेजिना चौधरीसहितका विद्यार्थी सम्मानित

४ जीपीएसहित ४ जीपी ल्याउने ३ जना विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो। सम्मानति हुनेहरूमा कपिलवस्तुकी प्रिशिला थारू र सप्तरीकी तेजिना चौधरी र कैलालीका दिक्षित चौधरी रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते ९:१०
तस्वीरहरू : रजनीकान्त जसराज

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थारू विद्यार्थी समाजले ४ जीपीएससहित एसईईमा उत्कृष्ट नतिजा ल्याउने ८० जना विद्यार्थीलाई खादा, प्रमाणपत्र र मेडलसहित सम्मान गरेको छ।
  • कार्यक्रममा कपिलवस्तुकी प्रिशिला थारू, सप्तरीकी तेजिना चौधरी र कैलालीका दिक्षित चौधरीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।
  • प्रमुख अतिथि तेजुलाल चौधरीले थारू विद्यार्थीहरूले सरकारी जागिरको तयारी अहिल्यैदेखि गर्नुपर्नेमा जोड दिएका छन्।

११ साउन, काठमाडौं। थारू विद्यार्थी समाजले एसईईमा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ ।

शनिबार ललितपुरको नाइटिङ्गेल कलेजमा आयोजित विशेष कार्यक्रमको आयोजना गरी थारू विद्यार्थी समाजले एसईईका उत्कृष्ट विद्यार्थीहरूलाई प्रमाण पत्र र खादा लगाएर सम्मान गरेको हो ।

कार्यक्रममा ४ जीपीएसहित ४ जीपी ल्याउने ३ जना विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो। सम्मानति हुनेहरूमा कपिलवस्तुकी प्रिशिला थारू र सप्तरीकी तेजिना चौधरी र कैलालीका दिक्षित चौधरी रहेका छन् ।

कैलालीका दिक्षित चौधरी भने कार्यक्रममा अनुपस्थित भएका थिए भने उसको सम्मान पत्र कैलालीकी जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीमार्फत प्रदान गरिएको थारू विद्यार्थी समाजका अध्यक्ष बिमल चौधरीले बताए।

उनका अनुसार थारू विद्यार्थी समाजले एसईईमा उतीर्ण भई३.२ भन्दा बढी जीपीए ल्याउने ८० जना विद्यार्थीहरूलाई खादा, प्रमाणपत्र र मेडलसमित सम्मानित गरेको हो । 

कार्यक्रममा प्रमुख अतिथि तेजुलाल चौधरीले थारू विद्यार्थीहरूले भविष्य उज्जवल बनाउन सरकारी जागिरको तयारी अहिल्यैदेखि गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘ अब बि र्थीहरूले प्लसटु अध्ययन गर्दागर्दै सरकारी जागिरको तयारी गरे हुन्छ।पछि खरदार, सुब्बा र अधिकृतहरूमा नाम निकाल्न सजिलो हुन्छ। आज थारू समाज प्रशासनिक क्षेत्रमा निक्कै पछाडि छ।’

यस्तै कार्यक्रममा थारू विद्यार्थी समाजका अध्यक्ष विमल चौधरीले एसईईमा उत्कृष्ट नतिजा ल्याउने र सम्मानित हुने विद्यार्थीहरूको आगामी शैक्षिक यात्राको सफलता एवं बधाई दिएका थिए ।  उनले भने,’ भविष्यमा उहाँहरूको भविष्य उज्जवल होस् भनेर हामीले प्रोत्साहन स्वरूप केही पुरस्कार र समान गरेका हौं।’

यसैगरी कार्यक्रममा थारू विद्यार्थी समाजका पूर्व पदाधिकारीसमेत रहेका एवं कैलालीको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले विद्यार्थीहरूलाई शैक्षिक यात्रा कसी अगाडि बढाउने भनेर उत्प्रेरणा जगाएका थिए ।

कार्यक्रममा थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमिलाल चौधरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी, कांग्रेस नेता जनकराज चौधरी, थारू महिला समाजकी अध्यक्ष अनिता चौधरीलगायत विभिन्न जायीय संस्थाका प्रतिनिधि, सामाजिक अगुवा, पत्रकारहरूको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?