११ साउन, काठमाडौं। एक वर्षमा नेपाल प्रहरीका विभिन्न सुरक्षाकर्मीविरुद्ध ३७ सयभदा बढी उजुरी परेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१–८२ मा ३ हजार ७५३ उजुरी परेको हो ।
प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी बिनोद घिमिरेले उजुरी परेको बताउँदै ति मध्ये ८१ प्रतिशत पछ्यौंट भएको बताए ।
आइतबार प्रहरी प्रधान कार्यालयमा भएको पत्रकार सम्मलेनमा बोल्दै घिमिरेले ७ सय उजुरी भने छानबिनकै क्रममा रहेको बताए ।
इ–कम्प्लेन, अख्तियार, गृहमन्त्रालय, टोल फ्रि नम्बर, प्रहरी महानिरीक्षकको सचिवालय, प्रधानमन्त्रीको कार्यालय तथा हेलो सरकार, राष्ट्रिय सतकर्ता केन्द्र, व्यक्ति स्वयंममार्फत र हुलाकबाट उजुरी आउने गरेको प्रवक्ता घिमिरेले बताए ।
जसमध्ये सबैभन्दा बढी हेला सरकारमार्फत १९ सय ६ उजुरी आएको प्रहरीको तथ्यांक छ ।
प्रतिक्रिया 4