 
																			१३ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक सुरु भएको छ ।
निर्धारित समयभन्दा डेढ घण्डा ढिलो गरी बैठक सुरू भएको हो ।
मुख्यमन्त्रीसमेत रहेका दलका नेता बहादुर सिंह लामाविरूद्धको अविश्वासको प्रस्तावका बारेमा छलफल अगाडि बढाइने छ ।
९ साउनमा हेटौंडास्थित प्रदेशसभा सचिवालयमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा इन्द्रबहादुर बानियाँसहित २१ जना बहुमत सांसदले लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
२१ जनामध्ये सांसदहरू माया श्रेष्ठ र मिना पराजुलीले भने मुख्यमन्त्री लामाकै पक्षमा रहेको भन्दै अविश्वासको प्रस्ताव फिर्ता लिएका छन् ।
३७ जना सांसद रहेको संसदीय दलमा संसदीय दलको नेता हुन १९ जनाको समर्थन जुटाउन आवश्यक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4