११ साउन, काठमाडौं । इन्टरनेशनल च्याम्पियन्स कपमा युरोपियन च्याम्पियन रियल मड्रिड इन्टरमिलानसँग पराजित भएको छ ।
प्रि सिजनका क्रममा शनिबार राति भएको खेलमा रियल मिलानसँग टाइब्रेकरमा पराजित भएको हो । क्यालिफोर्नियामा भएको खेलमा रियल मड्रिडले १० औं मिनेटमा नै ग्यारेथ बेलको गोलबाट अग्रता लिएको थियो । यसअघि खेलको सुरुमा नै उनको प्रहार बारमा लागेर फर्किएको थियो ।
पहिलो हाफमा इन्टरमिलानका जोनाथनले बराबरी गोल गर्ने मौका खेल फाले । इन्टर मिलानका डिभिकलाई फल गरेपछि पाएको पेनाल्टीमा मौरो इकार्डीले गोल गरे ।
निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्र्णय टाइब्रेकरबाट लिइयो । जसमा रियलका इस्को र इल्लरमन्डीको प्रहार इन्टरमिलानका गोलरक्षकले रोके भने ओमर मस्कारेलको प्रहार बाहिरियो ।