+
+
Shares

पाँच पटकसम्म बढुवामा छुटेका डीएसपी थापाको एकल बढुवा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २२ गते १०:५८

२२ साउन, काठमाडौं । प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा हुँदा पटक-पटक छुटेका डीएसपी वीरेन्द्र थापा बढुवाका लागि सिफारिस भएका छन् ।

बुधबार राति प्रहरी प्रधान कार्यालयले डीएसपी थापालाई एसपी बढुवाका लागि एकल सिफारिस गरेको छ ।

पछिल्लो पटक यही साउनका पहिलो साता डीएसपीबाट एसपी बढुवा सिफारिस हुँदा आफूभन्दा दुई वर्ष जुनियर बढुवमा पर्दा पनि थापा छुटेका थिए । साउनको पहिलो सता बढुवा सिफारिस भएकाहरुले बुधबार दर्ज्यानी चिन्ह प्राप्त गरेका थिए ।

सोही राति थापाको एकल बढुवा गरिएको हो । यसघि जुनियर बढुवा हुँदा समेत छुटेका थापालाई प्रहरी वृत्त सिंहदरबार पठाइएको थियो । अहिले उनी सिंहदरबारमै कार्यरत छन् ।

उनी २०६१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । उनका सबै ब्याचीहरु यसअघि नै एसपी बनिसक्दा आफ्नो ब्याचका एकल डीएसपी थिए थापा । जबकि उनीभन्दा दुई वर्ष जुनियरहरु समेत एसपी भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?