+
+
Shares

जनमतका निलम्बित उपाध्यक्ष साह पार्टीबाटै निष्कासित

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २२ गते १८:०३

२२ साउन, काठमाडौं । जनमत पार्टीले निलम्बित उपाध्यक्ष दीपक कुमार साहलाई पार्टीबाटै निष्कासन गरेको छ ।

यसअघि ६ महिनाका लागि निलम्बनमा परेका साहलाई जनमतले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।

पार्टीमा जिम्मेवारी अनुसारको भूमिका निर्वाह नगरेको, अध्यक्ष सीके राउतको विरुद्ध लागेको लगायतका आरोप लगाउँदै साहलाई जनमतले गत चैत १४ गते ६ महिनाका लागि उपाध्यक्ष पदबाट निलम्बन गरेको थियो ।

जनमतले साहसँग स्पष्टीकरण माग गरिएकोमा चित्तबुझ्दो जवाफ नदिएको र पार्टी अनुशासन निरन्तर उल्लघंन गरेको भन्दै बुधबार सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्दै निष्कासन गरिएको जनाएको छ ।

साहले विधान विपरीतका गतिविधिमा संलग्न भएको र पार्टी फुटाउन गुटगत बैठक गर्दै हिँडेको जनमतको आरोप छ ।

‘पार्टीको सम्पूर्ण पदबाट निलम्बन भइसके पछि पनि पार्टीको नाम, झण्डा, छाप आदिको अवैध प्रयोग गर्दै कार्यक्रम गरेको’, अनुशासन समिति संयोजक नरेन्द्र प्रसाद चौधरी र सचिव अनिता कुमारी मण्डलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको विधान उल्लघंन गरेको देखिएकाले तपाईंलाई जनमत पाटर्थीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गरिएको जानकारी गराउँदछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?