
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यकामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले गाईजात्रा पर्वलाई 'प्राइड डे' का रुपमा मनाएका छन्।
- मायाको पहिचान संस्थाले पहिलो पटक र्याली निकालेको छ भने नील हिरा समाजले २२ वर्षदेखि र्याली निकाल्दै आएको छ।
- दुवै र्याली वसन्तपुरमा टुंगिएको र त्यसपछि सांगीतिक कार्यक्रम गरिएको छ।
२५ साउन, काठमाडौं। काठमाडौं उपत्यकासहित नेवार समुदायको बसोबास रहेको ठाउँमा मनाइने गाईजात्रा पर्वलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले फरक तरिकाले मनाएका छन् ।
तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायका सदस्यले गाईजात्रालाई ‘प्राइड डे अर्थात गौरव दिवस’का रुपमा मनाएका हुन् ।
यसपटक भने यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले दुई फरक-फरक ठाउँबाट र्याली निकाले ।
मायाको पहिचान नामक संस्थाले ठमेलको कर्मचारी सञ्चयकोष भवनबाट र नील हिरा समाजले नारायणचौर नक्सालबाट र्याली निकालेका छन् ।
काठमाडौं उपत्यकामा भने नील हिरा समाजले २२ वर्षदेखि गाईजात्राका दिन तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायले गौरव दिवसका रुपमा मनाउँदै आएका छन् ।
तर, मायाको पहिचान नामक संस्थापले भने पहिलो पटक र्याली निकालेका हुन् । उनीहरूले र्यालीमा विभिन्न नारासमेत राखी आफ्ना हक र अधिकारहरू स्थापनाका लागि माग समेटेका छन् ।
दुवै ठाउँबाट निकालिएको र्याली भने वसन्तपुरमा गएर टुंगिएको थियो । र्यालीपछि सांगीतिक कार्यक्रमसमेत गरिएको छ ।
हेर्नुहोस् तस्वीरहरू :
प्रतिक्रिया 4