+
+
Shares

अनिल झाले छाडे लोसपा, राजीनामा स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते १३:००

२७ साउन, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाले पार्टीबाट राजीनामा दिएका छन् ।

वरिष्ठ नेताको पदमा रहेका झाले एक महिना अघि राजीनामा दिएको पार्टी अध्यक्ष महन्थ ठाकुर निकट नेता सुरेन्द्र झाले जानकारी गराए । ती नेताका अनुसार अनिलकुमार झाले पार्टीबाट दिएको राजीनामा स्विकृत समेत भइसकेको छ ।

लोसपामा निष्कृय रहेका झा पार्टी बैठकमा समेत सहभागी हुन छोडेका थिए । लोसपाका नेता रामप्रकाश चौधरीले अनिल कुमार झा पार्टीको बैठकमा सहभागी हुन छाडेको जानकारी दिए ।

‘उहाँ पार्टीको बैठकमा आउन छाड्नु भएको ५/६ महिना जति भयो’ चौधरीले भने, ‘औपचारिक रुपमा उहाँले पार्टी छाड्नु भएको जानकारी छैन । पार्टीलाई जानकारी नभएपछि मलाई पनि थाहा हुने कुरा भएन ।’

झा २०७४ सालको चुनावमा रौतहट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । झा खानेपानी मन्त्री समेत भए । २०७९ को चुनावमा भने उनी पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?