+
+
Shares

कांग्रेस सरकारमा हुँदा लागू भएका नीतिले जनतालाई प्रविधिको पहुँचमा ल्यायो : देउवा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते ८:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारको नीतिले सबै जनतालाई प्रविधिको पहुँचमा ल्याएको दाबी गरेका छन्।
  • देउवाले डिजिटल प्लेटफर्महरू शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी र सार्वजनिक सेवामा प्रभावकारी प्रयोग आवश्यक भएको बताए।
  • उनले डिजिटल प्लेटफर्ममा देखिएका असुरक्षा समस्याको समाधानका लागि सरकार र सरोकारवालाले समयमै ध्यान दिनुपर्नेमा जोड दिए।

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा हुँदा लागू भएका नीतिले सबै जनतालाई प्रविधिको पहुँचमा ल्याएको दाबी गरेका छन् । कांग्रेस सधैं नवप्रवर्तन र प्रविधिमार्फत रुपान्तरणको पक्षमा उभिँदै आएको उनको दाबी छ ।

नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागले बिहीबार ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा गरेको ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक एक दिने अन्तक्रिया कार्यक्रममा बोल्दै देउवाले जनतालाई केन्द्रमा राखेर उपलब्धि केन्द्रीत प्रविधि बनाउने पक्षमा उभिने बताए ।

उनले भने, ‘नेपाली कांग्रेस नेतृत्वको सरकारको अग्रसरतामा जारी भएका दूरसञ्चार सम्बन्धी नीति, एने र नियमहरूले  आज नेपालका टाढाका बस्तीहरू र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याएको  छ, यसका अतिरिक्त प्रविधिको क्षेत्रमा धेरै कामहरू अझै गर्न बाँकी छ ।’

विभिन्न क्षेत्रमा डिजिटल प्लेटफर्महरूको प्रयोग बढेको भन्दै सभापति देउवाले प्रचलनमा रहेका सञ्जालहरूलाई शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार प्रभावकारी रूपमा प्रयोग गर्न आवश्यक रहेको उनले बताए ।

साथै डिजिटल प्लेटफर्ममा देखिएका असुरक्षाका समस्या समाधानका लागि सरकार र सरोकारवालाले समयमै ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

पार्टीको प्रचार विभागले गरेको कार्यक्रमले सबैलाई सचेत बनाउने र ठोस नीति निर्माणमा मार्गदर्शन गर्ने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?