+
+
Shares

जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच जसपा अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले एकता घोषणा गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १६:२३
तस्वीर : चन्द्रबहादुर आलेमगर/अनलाइनखबर

२९ साउन, काठमाडौं । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता भएको छ । यी दुई दलले यो एकतालाई एकता उन्मुख कार्यगत एकता रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच जसपा अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले एकता घोषणा गरे ।

उनीहरूले कार्यगत एकताको घोषणामा हस्ताक्षर पनि गरेका छन् ।

राई उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग भएका थिए । त्यस्तै, महतो लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?