+
+
Shares

सप्तरीबाट ३६ हजार साउदी रियालसहित एक जना पक्राउ

उक्त रकमको वैधता प्रमाणित गर्न नसकेपछि आलमलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २ गते १२:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको राजविराज विमानस्थलबाट २ भदौमा ३३ वर्षीय मोहमद खुर्सिद आलमलाई अवैध विदेशी मुद्रा ३५ हजार नौ सय ७६ साउदी रियालसहित पक्राउ गरिएको छ।
  • प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार, आलमसँग स्रोत नखुलेको रकम भेटिएपछि उनलाई कानुनी प्रक्रिया अघि बढाइएको छ।
  • बरामद रकम आन्तरिक राजस्व कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको प्रहरीले बताएको छ।

२ भदौ, सप्तरी । प्रहरीले राजविराज विमानस्थलबाट सोमबार ठूलो मात्रामा अवैध विदेशी मुद्रासहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–११ का ३३ वर्षीय मोहमद खुर्सिद आलम रहेका छन् ।

प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार बुद्ध एयरको जहाजबाट राजविराजदेखि काठमाडौं यात्रा गर्न लागेका आलमलाई विमानस्थलमा खटिएको प्रहरीले जाँचको क्रममा उनीसँग स्रोत नखुलेको साउदी रियाल ३५ हजार नौ सय ७६ बरामद गरेको हो ।

उक्त रकमको वैधता प्रमाणित गर्न नसकेपछि आलमलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

बरामद रकमसहित उनलाई आन्तरिक राजस्व कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको प्रहरी उपरीक्षक केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?