+
+
Shares

अमलाको भाउ बढ्यो, किलोको कति ?

आज सोमबार अमलाको भाउ थोकमा प्रतिकलो १४ रुपैयाँ बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २ गते १३:३७

२ भदौ, काठमाडौं । स्थानीय बजारमा अमलाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार सार्वजनिक गरेको मूल्यसूची अनुसार अमलाको भाउ बढेको देखिएको हो ।

आज सोमबार अमलाको भाउ थोकमा प्रतिकलो १४ रुपैयाँ बढेको छ । हिजो आइतबार १ सय ५६ रुपैयाँमा किनबेच भएको अमला आज भने किलोको १ सय ७० पुगेको हो ।

जेठ अन्तिम साता भने अमला ७५ देखि १ सय २५ रुपैयाँसम्ममा किनबेच भएको थियो ।

अमिलो स्वादयुक्त अमलाको उपभोग प्रत्येक मौसमका लागि लाभदायक मानिन्छ । तर, यो जाडो मौसममा धेरै प्रयोग गरिन्छ । अमलामा सबै फलफूलहरूमा भन्दा धेरै भिटामिन सी पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?