
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कांग्रेस र एमालेको निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग भएको बताएको छ।
- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमार्फत सत्तारुढ दलले बहुमत पुर्याउन उपसभामुखमाथि महाभियोग प्रस्ताव ल्याउनु संवैधानिक दुरुपयोग भएको बताएका छन् ।
- कांग्रेस र एमालेले उपसभामुख रानाले पद अनुकूल आचरण नगरेको आरोपमा पदमुक्त गर्ने प्रस्ताव प्रतिनिधिसभामा लैजाने तयारी गरेका छन्।
३ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने नेपाली कांग्रेस र नेकपा एमालेको निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग भएको बताएको छ ।
सामाजिक सञ्जालमार्फत राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले यस्तो बताएका हुन् ।
‘संवैधानिक परिषद्मा सत्तापक्षको बहुमत पुर्याउनकै लागि उपसभामुख इन्दिरा रानामाथि महाभियोग प्रस्ताव ल्याउने सत्तारुढ दल नेपाली कांग्रेस र एमालेको निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग हो’ उनले लेखेका छन् ।
कांग्रेस र एमालेले उपसभामुख रानाले पद अनुकूलको आचरण नगरेको आरोपमा पदमुक्त गर्ने प्रस्ताव प्रतिनिधिसभामा लैजाने तयारी गरेका छन् । दुई दलका सांसदहरूले हस्ताक्षर संकलन नै सुरु गरेका छन् ।
तर, यस्तो निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग भएको राप्रपा अध्यक्ष लिङ्देनले बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4