+
+
Shares

सिटिजन्स बैंकको ‘इम्पावरिङ लिडरसिप इन बागमती’ कार्यक्रम सम्पन्न

कार्यक्रम बैंकका सीईओ गणेशराज पोखरेल, डेपुटी सीईओ र वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा सम्पन्न भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १४:५६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘इम्पावरिङ लिडरसिप इन बागमती : अ सेमिनार फर पर्फर्मेन्स एन्ड एक्सिलेन्स’ कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रम बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेल, डेपुटी सीईओ र वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा सम्पन्न भएको हो ।

कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगति समीक्ष एवं चालु आवका प्राथमिकतामा छलफल गर्दै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तर्क्रिया भएको छ ।

हालै मधेश प्रदेशमा यस्तै प्रकारको कार्यक्रम सञ्चालन गरिएको थियो ।

त्यसैको निरन्तरता स्वरूप बागमती प्रदेशमा त्यसै किसिमको कार्यक्रम गरिएको र अरू प्रदेशमा पनि क्रमशः आयोजना गरिने बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले गत आव २०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप, खुद ब्याज आम्दानीजस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेसरेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्ने सफलता हासिल गरेको छ ।

समीक्षा अवधिभरि बैंकको कर्जा प्रवाहमा ११.१५ प्रतिशत वृद्धि भई १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०८०/८१ को असार मसान्तमा यो रकम १ खर्ब ५७ अर्ब ५८ करोड थियो ।

त्यस्तै निक्षेप संकलनमा पनि ११.६९ प्रतिशतको वृद्धि भएको छ, जसबाट कुल २ खर्ब १४ अर्ब ८ करोड संकलन भएको छ । यो अघिल्लो आवको तुलनामा करिब २२ अर्ब बढी हो ।

खुद ब्याज आम्दानीमा ११.२० प्रतिशत वृद्धि हुँदै यो रकम ६ अर्ब ३६ करोड पुगेको छ ।

कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१ प्रतिशत रहेको छ, जसले बैंकको तरलता व्यवस्थापन सन्तुलित भएको देखाउँछ ।

यस अवधिमा सम्पत्ति प्रतिफल दर (आरओए) ०.५५ प्रतिशत र पूँजी प्रतिफल दर (आरओई) ५.८१ प्रतिशत कायम भएको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ उपाधि प्राप्त गर्न सफल बैंकले केही समयअघि फोन पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोन पे क्रेडिट काडर्’, भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

साथै, नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।

सिटिजन्स बैंकले हाल ६१ जिल्लामा फैलिएका २ सय शाखा, १ सय ६९ एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइबाट १९ लाख २९ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?