+
+
Shares

सिटिजन्स बैंक २० औं वर्षमा, स्वास्थ्य शिविर र निःशुल्क औषधि वितरण

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १२:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिटिजन्स बैंकले २० औं वर्षमा प्रवेश गर्दै २० लाख ११ हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गरिरहेको छ।
  • बैंकले सात वटै प्रदेशमा २०० शाखा र ९४६ कर्मचारीको सहभागितामा प्रभातफेरी तथा ५५० रक्तदातासँग रक्तदान कार्यक्रम आयोजना गरेको छ।
  • कोशी, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका शाखाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी करिब ५०० जनालाई सेवा दिएको छ।

८ वैशाख, काठमाडौं । २० औं वाणिज्य बैंकको रुपमा स्थापना भई उत्कृष्ट सेवा दिँदै आएको सिटिजन्स बैंक वैशाख ७ गतेबाट १९ वर्ष पूरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । हाल बैंकले २० लाख ११ हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ ।

सात वटै प्रदेशमा अवस्थित आफ्नै भवनमा प्रदेश कार्यालय संचालनका साथै २०० वटा शाखामार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले कुल निक्षेप करिब २ खर्ब १६ अर्ब संकलन गरी १ खर्ब ७७ अर्ब परिचालन गरेको छ ।

बैंकले १९औं वार्षिकोत्सवको अवसरमा वैशाख ७ गते बिहान सात वटै प्रदेशमा करिब ९४६ कर्मचारीहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । साथै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले ‘रक्तदान नै जीवनदान’ भन्ने नारालाई सार्थक बनाउँदै रक्तदान कार्यक्रम आयोजना गरेको छ । सात वटै प्रदेशका कुल २० शाखाबाट ५५० जना रक्तदाताको सहभागितामा रक्तदान कार्यक्रम भएको बैंकले जनाएको छ ।

यसै अवसरमा कोशी प्रदेशअन्तर्गत दिक्तेल शाखा, बागमती प्रदेश अन्तर्गत तेमाल शाखा र लाम्बगर शाखा, लुम्बिनी प्रदेश अन्तर्गत बेलाटारी शाखा र साउ फर्साटिकर शाखा, गण्डकी प्रदेश अन्तर्गत धारापानी शाखा र बेनी शाखा, कर्णाली प्रदेश अन्तर्गत जुफाल शाखा र सुदूरपश्चिम प्रदेश अन्तर्गत अमरगढी शाखाले निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेका छन् । शिविरमा करिब ५०० जना सेवाग्राहीले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथै आवश्यक औषधि समेत निशुल्क प्राप्त गरेका छन् ।

सिटिजन्स बैंकले आफ्ना ग्राहकहरूलाई अझ सहज, सुरक्षित तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यका साथ मोबाइल बैंकिङ सेवा डिजी बैंकिङमार्फत केवाईसी विवरण अनलाइनबाट पुनः अद्यावधिक गर्ने सुविधा सुरु गरेको छ । विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि समेत प्राप्त गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?