+
+
Shares

सातै प्रदेशमा सिटिजन्स बैंकले गर्‍यो वित्तीय साक्षरता कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १० गते १४:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिटिजन्स बैंक इन्टरनेसनलले ग्लोबल मनी विकको अवसरमा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
  • बैंकले स्मार्ट मनी टक्स २०२६ मुल नाराका साथ चैत २ देखि ८ गतेसम्म कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
  • कार्यक्रमले युवा तथा विद्यार्थीलाई वित्तीय साक्षरताको आवश्यकता, विद्युतीय बैंकिङ्गको जोखिम र नगद कारोबारमा बैंकिङ प्रणाली प्रयोग गर्न आग्रह गरेको छ।

१० चैत, काठमाडौं । ग्लोबल मनी विकको अवसरमा सिटिजन्स बैंक इन्टरनेसनलले सातै प्रदेशमा रहेका शाखा कार्यालयबाट वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ‘स्मार्ट मनी टक्स २०२६’ मुल नाराका साथ गत चैत २ देखि ८ गतेसम्म ग्लोबल मनी विक सञ्चालन गरिएको हो ।

यहीं अवसरमा बैंकले कोशी प्रदेशको बनिगामा, बिर्तामोड, दिक्तेल, इटहरी, गाईघाट, इनरुवा, लौकाही, दुहबी, हरिनगर, दमक, पथरी, हल्दिबारी, कञ्चनबारी २, डाँगीहाट र विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
त्यस्तै मधेश प्रदेशको कञ्चनरूप, लोहरपट्टी, पथलैया, बर्दिबास, फतेपुर, वीरगञ्ज, महेन्द्रनगर (धनुषा), पाटो, औरही, गौशाला, धनुषाधाम, गरुडा, कल्याणपुर, लाहान, निजगढ, रामगोपालपुर, बोदेबरसाइन, र राजविराजमा साक्षरता कार्यक्रम गरिएको बैंकले जनाएको छ ।

वागमती प्रदेशको चरिकोट, कुलेश्वर, कलंकी, ग्वार्को, बनेपा, नारायणघाट, सिनामंगल, मंगलपुर , धार्के, हेटौडा, नयाँ बानेश्वर, सिन्धुली, देविघाट, पानीपोखरी, भैंसेपाटी, धुम्बाराही, ठसिखेल, हरिहरपुरगढी, इमाडोल, ज्यामिरे, काँडाघारी, कुपन्डोल, कोटेश्वर, मनहरी, डिल्लीबजार, टोखा र थापाथलीमा कार्यक्रम गरिएको छ ।

गण्डकी प्रदेशको भोटेओडार, चामे, कावासोती, धारापानी, कोल्हुवा, बिरौटा,पोखरा, बागलुङ, अमरापुरी, अरुणखोला र दमौलीमा वित्तीय साक्षरता कार्यक्रम गरिएको बैंकले जनाएको छ ।

लुम्बिनी प्रदेशको जिमिरेभर, रामापुर, ओडारी, बढैयाताल, बेलाटारी, भालुही, महेशपुर, परासी, सिद्धार्थनगर, कोहलपुर, शीतलनगर, घोराही, गुलरिया, भुताहा, इमिलिया, झिमरुख, लमही, मुर्गिया, तौलिहवा, तुलसीपुर, सिमलचौर, बंगलाचुली, सुनवल, रानीबगिया, भुमही र जितपुरमा कार्यक्रम गरिएको छ ।

कर्णाली प्रदेशको जुफाल, सिमीकोट, दुल्लु, जुम्ला, डोल्पा, गमगढी, सुर्खेत र नाम्खामा तथा सुदूरपश्चिम प्रदेशको अत्तरिया, ढकारी र बझाङमा विभिन्न वित्तीय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तीय ज्ञान प्र्रदान गर्ने कार्य भएको बैंकले जनाएको छ ।

‘यस कार्यक्रम्रमा उपस्थित युवा तथा विद्यार्थीलाई वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको छ’ बैंकले एक विज्ञप्तिमा भनेको छ ‘यस सँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बंैकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको थियो ।’

नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बंैकिङ प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?