+
+
Shares

सिटिजन्स बैंक विराटनगर शाखामा नक्कली ऋणी देखाएर ५ करोड घोटाला

पाँच वर्षअघि पनि भएको थियो अपचलन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १९:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिटिजन्स बैंकको विराटनगर कञ्चनबारी शाखामा नक्कली ऋणी देखाएर ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको छ।
  • बैंकले आन्तरिक छानबिनपछि कर्मचारीमाथि कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको छ।
  • प्रहरीले बैंकबाट जाहेरी पाएपछि अनुसन्धान सुरु गरेको र थप विषय अनुसन्धानपछि खुल्ने प्रहरी उपरीक्षक कटवालले बताए।

२ चैत, विराटनगर । सिटिजन्स बैंकको विराटनगरमा रहेको शाखामा नक्कली ऋणी देखाएर करिब ५ करोड  हिनामिना भएको छ । विराटनगर ३ राजवंशी चोकमा रहेको कञ्चनबारी शाखामा नक्कली ऋणी देखाएर ४ कराेड ९१ लाख  हिनामिना भएको हो ।

आन्तरिक छानबिनका क्रममा हिनामिना भएको देखिएपछि  बैंकले नै कर्मचारीमाथि कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको छ । सिटिजन्स बैंकका सूचना अधिकारी नारायणराज अधिकारीका अनुसार बैंकले केही कर्मचारीमाथि कारबाहीका लागि प्रहरीमा निवेदन दिएको हो ।

उनका अनुसार सरप्राइज अडिट गर्दा ऋण लगानी शंकास्पद देखिएपछि आन्तरिक छानबिन भएकाे थियाे । छानबिनका क्रममा अधिकारको दुरुपयोग गरेको देखिएको उनले बताए । ‘सरप्राइज अडिट गर्दा फेक लोन सिर्जना गरेको देखियो, त्यो किस्ता रेगुलर हुन छाडेपछि के रहेछ भन्ने हिसाबले हेर्दा थाहा भयो,’ उनले भने,‘ फेस्टिबलको समयमा लोनको प्रक्रिया तयार गरेको देखिन्छ, इन्टरनल इन्भेष्टिगेसनको रिपोर्टसहित प्रहरीमा निवेदन दिएका छौं ।’

उनका अनुसार शाखा कार्यालय सञ्चालन विभाग प्रमुख रोजी कँडेलको अगुवाईमा नक्कली ऋणी खडा गरेको देखिन्छ । तर, बैंक स्राेतले भने याे प्रकरणमा अन्य कर्मचारीकाे पनि मिलेमताे रहेकाे दाबी गरेकाे छ।

बैंकले नक्कली ऋणी देखाएर लगिएकाे रकम बराबरकाे धिताे राेजीकाे परिवारबाट संकलन गरिसकेकाे दाबी गरेको छ ।  स्रोतका अनुसार आन्तरिक रूपमा विषय मिलाउने भन्दै बैंकले राेजीकाे परिवारबाट ७ कराेड बराबरकाे जग्गा धिताे राखेर मात्रै बैंक प्रशासन प्रहरी कार्यालय पुगेकाे थियाे ।

बैंकको आन्तरिक अनुसन्धानका क्रममा कँडेलले अरु कर्मचारीको युजर आईडी प्रयोग गरेको स्वीकारेको सूचना अधिकारी नारायणराज अधिकारीको भनाइ छ । ‘यो केसमा ४–५ जना सस्पेक्टिभ छन्, रोजी कँडेलले अरुको अथ्योरिटी मिसयुज गरेको भन्नु भएकै छ,’ उनले भने । तर, राेजी निकट स्राेतले भने अन्य कर्मचारीलाई जाेगाउनका लागि बैंकले राेजीलाई मात्रै टार्गेट गरेकाे दाबी गरेकाे छ ।

आफूलाई मात्रै बैंकले फसाएकाे भन्दै राेजीले पनि जिल्ला प्रहरी कार्यालय माेरङमा निवेदन दिएकी छन् । बैंक र कर्मचारी दुवैबाट उजुरी परेपछि प्रहरीले अनुसन्धान गरिरहेकाे छ । राेजीकाे परिवारबाट ऋणकाे धिताे बराबरकाे जग्गा राेक्का राखेपछि बैंकले फागुन २८ गते जाहेरी दिएकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले  बैंकबाट जाहेरी परेपछि प्रहरीले छानबिन सुरु गरेको बताए । ‘उजुरी आएपछि अनुसन्धान सुरु गरेका छौं,’ उनले भने,‘ केही विषय बुझ्नु पर्ने भएकाले बैंकलाई पत्र लेखेका छाैं,  थप विषय अनुसन्धानपछि खुल्छ ।’

सिटिजन्स बैंकको कञ्चनबारी शाखबाट ऋण अपचलन भएकाे याे पहिलाे पटक भने हाेइन । करिब पाँच वर्षअघि ऋण  अपचलन भएको थियो । त्यसबेला तत्कालीन शाखा प्रमुख रुपेश राजवंशी कारबाहीमा परेका थिए । साे घटनामा भने बैंकले प्रहरीमा जाहेरी नदिएकाे स्राेतले दाबी गरेकाे छ । प्रहरी उपरीक्षक कटवालले पुरानाे घटनाकाे विषयमा जानकारी नभएकाे बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?