News Summary
Generated by OK AI. Editorially reviewed.- सिटिजन्स बैंकले विद्यार्थी, फ्रिलान्सर, क्रियटर र उद्यमशील युवाका लागि 'जेन–जी सेभिङ एकाउन्ट' सञ्चालनमा ल्याएको छ।
- यो खातामा न्यूनतम १०० रुपैयाँमै खाता खोल्न सकिने र वार्षिक ३.०२ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ।
- पहिलो वर्ष चेकबुक, डिम्याट खाता, सी–आस्बा कमिसन र रजिस्ट्रेसन निःशुल्क उपलब्ध गराइने र डिजिटल सेवामा विशेष छुट दिइने बैंकले बताएको छ।
८ मंसिर, काठमाडौं । सिटिजन्स बैंकले ‘जेन–जी सेभिङ एकाउन्ट’ सञ्चालनमा ल्याएको छ । सोमबार बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यो खाताको शुभारम्भ गरे ।
यस बचत खाताले विशेषगरी विद्यार्थी, फ्रिलान्सर, क्रियटर, उद्यमशील युवा तथा डिजिटल प्लेटफर्ममा सक्रिय समुदायलाई समेट्न खोजिएको बैंकले जनाएको छ । न्यूनतम १०० रुपैयाँमै खाता खोल्न सकिने यसमा बैंकले वार्षिक ३.०२ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।
‘युवालाई कारोबार सहज बनाउन चेकबुक, डिम्याट खाता, सी–आस्बा कमिसन तथा सीआस्बा रजिस्ट्रेसन जस्ता महत्त्वपूर्ण सेवा पहिलो वर्ष निःशुल्क उपलब्ध गराइनेछ’ बैंकले विज्ञप्तिमार्फत भनेको छ ।
डिजिटल सेवामा अझै बढी प्रोत्साहन दिन बैंकले एटीएम कार्ड, मोबाइल बैंकिङ, ई–कम कार्ड र इन्टरनेट बैंकिङ गरी चारै सेवा एकैपटक लिएमा ५०० रुपैयाँमा उपलब्ध हुने विशेष ‘बन्डल्ड’ सुविधा समेत राखेको छ।
ग्राहकलाई न्यून लागतमा सम्पूर्ण डिजिटल सुविधको पहुँच प्रदान गर्ने लक्ष्य लिइएको बैंकले जनाएको छ ।
‘ग्राहकले ट्राभल कार्ड जारी शुल्कमा ५० प्रतिशत छुट र मोबाइल बैंकिङमा समर्पित जेन–जी ड्यासबोर्ड मार्फत व्यक्तिगत डिजिटल अनुभवको आनन्द लिने अवसर पनि पाउने छन्’ बैंकले भनेको छ ‘यस बचत खाता प्रयोगकर्ताहरूलाई पहिलो मोबाइल टप–अपमा २५ प्रतिशत नगद फिर्ता प्राप्त हुनेछ ।’
बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त गर्न सफल यस बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा बैंकले ल्याएको छ ।
प्रतिक्रिया 4