+
+
Shares

सिटिजन्स बैंकका ग्राहकले केल्मी शोरुमबाट छुट पाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १८ गते ११:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिटिजन्स बैंक र जावलाखेलस्थित केल्मी शोरूमबीच १० प्रतिशतसम्मको छुटसम्बन्धी सम्झौता भएको छ।
  • बैंकले डिजिटल कारोबार बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने बताएको छ।
  • सिटिजन्स बैंकले भर्चुअल क्रेडिट कार्ड र फ्रिलान्सर सेविङ्ज अकाउन्ट सेवा सञ्चालनमा ल्याएको छ।

१८ कात्तिक, काठमाडौं । सिटिजन्स बैंक र जावलाखेलस्थित केल्मी शोरूमबीच छुटसम्बन्धी सम्झौता भएको छ ।

सो समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले केल्मी शोरूम जावलाखेलमा १० प्रतिशतसम्मको छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकको भनाइ छ ।

डिजिटल बैंकिङ प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

‘विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४’ को उपाधि पाउन सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

फ्रिलान्सरहरूलाई लक्षित गरी बैंकले विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ सेवा सुरु गरेको छ । मोबाइल बैंकिङ एप मार्फत नै सेयर आवेदन र सीआरएन सेवा लिन सकिने सुविधा बैंकले दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?