+
+
Shares

स्तन तथा प्रोस्टेट क्यान्सरबारे सिटिजन्स बैंक र मेडिसिटी अस्पताल गुडगांवद्वारा वेबिनार आयोजना

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते १८:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिटिजन्स बैंक इन्टरनेसनलले स्तन क्यान्सर र प्रोस्टेट क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।
  • मेदान्त अस्पतालसँगको सहकार्यमा महिला र पुरुष कर्मचारीका लागि वेबिनार सञ्चालन गरिएको थियो।
  • बैंकले कार्डवाहक ग्राहकलाई मेदिसिटी अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

१५ माघ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेकोे छ ।

यस पहल अन्तर्गत क्यान्सर सम्बन्धी सही जानकारी प्रदान गर्ने, आमभ्रम हटाउने तथा समयमै परीक्षण, रोकथाम र चिकित्सकीय परामर्शको महत्त्वबारे सचेतना फैलाउने उद्देश्य राखिएको हो ।

मेदान्त द मेडिसिटी अस्पताल गुडगांव भारतसँगको सहकार्यले यस कार्यक्रमलाई अझ प्रभावकारी र विश्वसनीय बनाएको जनाइएको छ ।

कार्यक्रम अन्तर्गत सबै महिला कर्मचारीका लागि ‘स्तन क्यान्सर सम्बन्धी महिलाले जान्न र अभ्यास गर्नुपर्ने कुरा’ विषयक वेबिनार आयोजना गरिएको हो । जसका सहजीकरण मेदान्त अस्पतालका निर्देशक तथा वरिष्ठ स्तन क्यान्सर डा. कञ्चन कौरले गरेका हुन् ।

१३ माघमा भएको यस कार्यक्रममा कुल ५ सय १३ महिला कर्मचारीले सक्रिय रूपमा सहभागिता जनाएका थिए । त्यसैगरी १४ माघमा ३० वर्ष वा त्यसभन्दा माथिका पुरुष कर्मचारीका लागि ‘प्रोस्टेट क्यान्सर : भ्रम र यथार्थ’ विषयक सत्र समेत सञ्चालन गरिएको थियो । जसमा मेदान्त अस्पतालका वरिष्ठ निर्देशक डा. पुनित आहुलवालियाले उक्त सत्रको सहजीकरण गरेका थिए ।

यसमा कुल ५ सय ९ कर्मचारीले सक्रिय सहभागिता जनाएका थिए । साथै, दुवै वेबिनारले कर्मचारीलाई स्वास्थ्यप्रति सचेत बनाउँदै दीर्घकालीन स्वास्थ्य सुरक्षामा योगदान पुर्‍याउने अपेक्षा बैंकले गरेको छ ।

बैंकले कर्मचारी, ग्राहक तथा अन्य सम्बन्धित निकायका लागि आगामी दिनमा यस्तै सचेतनामूलक  कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

बैंकका ग्राहकलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वासले बैंकका कार्डवाहक ग्राहकलाई मेडिसिटी अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट उपलब्ध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?