+
+
Shares

एमसीसी परियोजना अन्तर्गत बन्ने प्रसारण लाइन दायाँबायाँ संरचना बनाउन रोक

अर्थ मन्त्रालयका अनुसार विद्युत् प्रसारण लाइन दायाँबायाँ २३/२३ मिटर क्षेत्रफलमा यस्तो संरचना बनाउन पाइने छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते १८:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले एमसीसी परियोजना अन्तर्गत ४ सय केभी विद्युत् प्रसारण लाइनको दायाँबायाँ २३/२३ मिटर क्षेत्रमा संरचना बनाउन र रुख रोप्न नपाउने सूची सार्वजनिक गरेको छ।
  • मन्त्रिपरिषद् बैठकले कुल १ हजार ३ सय ८१ हेक्टर जमिनमा संरचना बनाउन रोक लगाउने निर्णय गरेको अर्थ मन्त्रालयले जनाएको छ।
  • रोक लगाइएका क्षेत्रहरूमा बर्दघाट पूर्व, बर्दघाट सुस्ता पश्चिम, पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर र काठमाडौं पर्दछन्।

१५ माघ, काठमाडौं । सरकारले एमसीसी परियोजना अन्तर्गत बन्ने प्रसारण लाइन दायाँबायाँ संरचना बनाउन तथा रुख रोप्न नपाउने गरी तय स्थानको सूची सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार विद्युत् प्रसारण लाइन दायाँबायाँ २३/२३ मिटर क्षेत्रफलमा यस्तो संरचना बनाउन पाइने छैन । यो आयोजना अन्तर्गत कुल १ हजार ३ सय ८१ हेक्टर जमिनमा संरचना बनाउन रोक लगाइएको हो ।

मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीसी) नेपाल विकास समितिले निर्माण गर्ने ४ सय केभी विद्युत् प्रसारण लाइनका लागि यस्तो निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

यसरी रुख रोप्न तथा संरचना बनाउन रोक लगाइएका क्षेत्रमा बर्दघाट पूर्व, बर्दघाट सुस्ता पश्चिम, पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर र काठमाडौंमा संरचना बनाउन नपाउने गरी क्षेत्र सार्वजनिक भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?