+
+
Shares

कांग्रेस मधेश प्रदेश समितिले बोलायो बैठक, गगन पनि उपस्थित हुने

उक्त बैठकमा सभापति गगनकुमार थापा पनि सहभागी हुनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते १८:२०

१५ माघ, काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले बैठक बोलाएको छ । फागुन ७ गते जनकपुरमा हुने मधेश सभाको तयारीका लागि बैठक बोलाइएको मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले जानकारी दिए ।

साथै मधेश प्रदेशभर फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलक्षित पार्टीको प्रचार–प्रसारलाई अझ प्रभावकारी, व्यवस्थित र व्यापक बनाउने विषयमा छलफल हुन बताइएको छ ।

उक्त बैठकमा सभापति गगनकुमार थापा पनि सहभागी हुने गुप्ताको भनाइ छ । उक्त बैठकमा मधेश प्रदेशअन्तर्गतका ३२ वटै निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरू पनि सहभागी हुनेछन् ।

बैठकमा सहभागिताका लागि समितिका पदाधिकारी, सदस्यलगायतलाई अनिवार्य उपस्थित हुन भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?