+
+
Shares

सिटिजन्स बैंकको ‘म्यान-सिटिजन्स एस्पायरिङ म्यानेजर अवार्ड’ गौरव उप्रेतीलाई

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २५ गते १७:३६

२५ माघ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यस वर्षको ‘म्यान-सिटिजन्स एस्पायरिङ म्यानेजर अवार्ड’ गौरव उप्रेतीलाई प्रदान गरेको छ ।

नेपाल व्यवस्थापन संघ (म्यान) को राष्ट्रिय व्यवस्थापन सम्मेलनका अवसरमा शनिबार आयोजित एक कार्यक्रमबीच उक्त पुरस्कार घोषणा गरिएको हो।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उप्रेतीलाई उक्त पुरस्कार हस्तान्तरण गरे ।

पुरस्कारका लागि योग्य व्यक्तिको चयन सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल व्यवस्थापन संघका पदाधिकारीहरू सम्मिलित एक समितिले गरेको थियो ।

यस अवार्डले नेपालको व्यवस्थापन शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने र भविष्यका व्यवस्थापन पेसाकर्मीहरूलाई प्रोत्साहित गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

गत वर्ष सिटिजन्स बैंक र म्यानबीच एमबीए तहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

सोही सम्झौता अनुसार प्रत्येक वर्ष पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत एमबीएमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई ५१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?