+
+
Shares

कुन्ती, सुकमित, मोनिला, देविकाले संयुक्तरुपमा लोकार्पण गरे ‘कलियुगकी राधा’

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २५ गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लोक आधुनिक शैलीको गीत ‘कलियुगकी राधा’ वरिष्ठ गायिकाहरू कुन्ती मोक्तान, सुकमित गुरुङ, मोनिला सोताङ र देविका बन्दनाले संयुक्त रुपमा सार्वजनिक गरे।
  • गीतमा बबिता मानन्धरको स्वर, डीपी खनालको शब्द, शंकर थापा ‘स्माइल’ को संगीत र कुमार केसीको मिक्सिङ छ भने राजिव समरले निर्देशन गरेका छन्।
  • गायिका मानन्धरले २०५७ सालमा फिल्म ‘चलचित्र’ बाट पाश्र्वगायन सुरु गरेकी हुन् र दुई दशकभन्दा लामो करिअरमा विभिन्न भाषामा पाँच दर्जन हाराहारी गीत गाएकी छिन्।

काठमाडौं । लोक आधुनिक शैलीको गीत ‘कलियुगकी राधा’ सार्वजनिक गरिएको छ । आयोजित कार्यक्रममा वरिष्ठ गायिकाहरू कुन्ती मोक्तान, सुकमित गुरुङ, मोनिला सोताङ र देविका बन्दनाले संयुक्त रुपमा गीत सार्वजनिक गरे ।

सार्वजनिक गीतमा बबिता मानन्धरको स्वर, डीपी खनालको शब्द, शंकर थापा ‘स्माइल’ को संगीत र कुमार केसीको मिक्सिङ छ । राजिव समरले निर्देशन गरेको गीतको भिडियोमा आश्मा बिश्वकर्मा र अभिषेक श्रेष्ठको नृत्य छ ।

भिडियोमा दिनेश पराजुलीको छायांकन र डिन्सन शाहको सम्पादन छ । सुरेश मानन्धरले निर्माण गरेको गीत डान्सिङ्ग बिटमा आधारित छ । गीतमा आधुनिक समाजमा प्रेम, नारी भावना र सम्बन्धको यथार्थलाई समेटिएको छ ।

२ दशकभन्दा धेरै समयदेखि संगीतकर्ममा सक्रिय गायिका मानन्धरको श्रृतिमधुर स्वरले गीतलाई भावनात्मक बनाएको छ । गायिका मानन्धरले संगीतकार थापाको प्रशंसा गर्दै उनको संगीतमा स्वर दिन निकै मेहनत गर्नु परेको बताइन ।

आफूले सक्दो राम्रो गाउने कोसिस गरेको भन्दै उनले शब्द र संगीतको उत्कृष्ट संयोजनले गीत पनि उत्कृष्ट बनेको बिश्वास राखिन । उनले गीतकार खनालका शब्द भावनात्मक रहेकोले आफूलाई मन परेको समेत बताइन ।

कार्यक्रममा बोल्दै गायिका कुन्ती मोक्तानले बबिताको स्वरको मुक्तकण्ठले प्रशंसा गरिन् । बबिताले जस्तो सुकै जनराको गीतलाई पनि न्याय गर्न सक्ने कुन्तीले बताइन् ।

गायिका सुक्मित गुरुङले बबिताको गायकी उच्च कोटीको भएको बताइन् । उनले ‘कलियुगकी राधा’ को शब्द, संगीत र भिडियो समेत निकै राम्रो बनेको प्रतिक्रिया दिइन ।

गायिका मोनिला सोताङले गीतले दर्शक श्रोताको मन जित्ने बिश्वास गरिन् । आफूलाई हरेक कोणबाट अडियो र भिडियो दुबै मन परेको उनको भनाई छ । देबिका बन्दनाले फिल्मका थुप्रै आइटम गीतमा बबिताकै स्वर सुन्दै आएको र आज पनि उनको स्वरको गुणस्तर उस्तै रहेको बताइन ।

संगीतकार थापाले नेपाली संगीतका सिद्धहस्त अग्रज गायिकाको बाहुलीबाट गीत बिमोचन गर्न पाउनु आफूहरूका लागि गर्वको क्षण भएको बताए । मोडल आश्मा बिश्वकर्माले दर्शकले गीत तथा भिडियो मन पराउने विश्वास राखिन ।

गायिका बबिता मान्धरले २०५७ सालमा प्रदर्शनमा आएको फिल्म ‘चलचित्र’ बाट पाश्र्वगायन सुरु गरेकी थिइन् । दुई दशकभन्दा लामो करिअरमा उनले चाहन्छु म तिमीलाई, बाउन्सर, मेरी आम्मै लगायतका झण्डै २ दर्जन फिल्ममा स्वर दिएकी छन् ।

चलचित्र बाहेक अन्य जनरामा ५ दर्जन हाराहारीका गीतमा उनले स्वर दिएकी छिन । भर्सटाइल गायिकाका रुपमा आफुलाई स्थापित गर्न सफल मानन्धरले फिल्मी, आधुनिक, पप, लोकपप, भजनलगायतका विविध जनरामा गीत गाउनुका साथै नेपालीमात्र नभएर नेवारी, हिन्दी तथा बंगाली भाषामा समेत गीत गाएकी छिन ।

‘भाग्य’ र ‘प्रेम’ गरि नेपाली गीतको दुईवटा एल्वम सार्वजनिक गरेकी गायिका मानन्धरको बंगाली गीतको एल्बम समेत बजारमा आएको थियो । गायिका मान्धरका ‘बाँधी दिए मायाको डोरीले’, ‘देउराली भाके हजुर’, ‘आत्मामा’ लगायत ३ दर्जनभन्दा बढी गीत हिट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?