+
+
Shares

फिल्म ‘बिगुल’ को प्रचारप्रसारमा जेसिजले सघाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २५ गते १६:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'बिगुल' को प्रचारप्रसार र प्रदर्शन तयारीका लागि नेपाल जेसिजसँग सहकार्य गरिएको छ।
  • निर्माता दिनेश कोइरालाले 'बिगुल' मा नेपाली समाजका दबिएका आवाज र संघर्षशील महिलाको कथा प्रस्तुत गरिएको बताए।
  • अभिनेता नीर शाहले 'बिगुल' जस्तो वास्तविक कथामा बनेको फिल्ममा आफू सहभागी हुन पाउँदा गर्व महसुस गरेको बताए।

काठमाडौं । फिल्म ‘बिगुल’ ले पत्रकार सम्मेलनमार्फत प्रचारप्रसार र प्रदर्शन तयारीबारे जानकारी दिएको छ । प्रदर्शनमा सामाजिक संस्था नेपाल जेसिजले सघाउने भएको छ ।

पत्रकार सम्मेलनमा निर्माता दिनेश कोइराला र जेसिजका अध्यक्ष जीवन कार्कीबीच सम्झौतामा हस्ताक्षर भएको थियो । जेसिजले साताअघि सम्पन्न फिल्मको मोफसल प्रचारप्रसारलाई पनि सघाएको थियो ।

जेसिजसँगको सहकार्यले ऊर्जा मिलेको निर्माता कोइरालाले बताए । कोइराला स्वयम सन् २००८ मा नेपाल जेसिजका पूर्वअध्यक्ष पनि हुन् । आफूले देश र जनताको पक्षमा सन्देशका साथमा मनोरञ्नात्मक फिल्म निर्माण गरेको बताउँदै सबै पक्षको सहयोगको अपेक्षा ब्यक्त गरे ।

समाजिक कार्यमा अग्रसर युवाको विश्वब्यापी संगठनले ‘बिगुल’ जस्तो वर्तमान नेपाली समाज, परिवार, राजनीति तथा युवाको वास्तविक कथामा निर्माण गरिएको फिल्मलाई सघाउनु आवश्यक भएकाले सहकार्य गरिएको उनले बताए ।

निर्देशक कोइरालाले ‘बिगुल’ भुइँमान्छेको कथा भएको र वर्तमान राजनीति परिदृश्यसँग निकै मिल्दो भएकाले नागरिकले हेर्नुपर्ने धारणा राखे । उनले फिल्ममा भरपुर मनोरञ्जनका साथै आमनेपालीलाई देश र माटोप्रति अझ बढी प्रेम जगाउने सन्देश समाहित भएको दावी गरे ।

अभिनेता नीर शाहले ‘बिगुल’ जस्तो वर्तमानको वास्तविक कथामा बिरलै फिल्म बन्ने गरेको उल्लेख गर्दै आफू यो फिल्मको एक हिस्सा बन्न पाएकोमा गर्व महसुस भएको बताए । उनले ‘बिगुल’ आमनेपालीमाझ भन्नै पर्ने कथामा बनेको बताउँदै यसप्रकारका विषयका फिल्म निर्माणमा अझै जोड दिनुपर्ने बताए ।

अभिनेत्री बेनिशा हमालले यस फिल्ममा आफूले चुनौतीपूर्ण भूमिका प्रस्तुत गरेको बताइन् । अभिनेता नरेन खड्काले आफूले जागरुक युवाको भूमिका निर्वाह गरेको बताए ।

निर्माता कोइरालाले फिल्ममा नेपाली समाजका दबिएका आवाज, अन्याय सहेर बाँचिरहेका भुइँमान्छे, भविष्यको चिन्तामा छटपटाइरहेका युवापुस्ता र संघर्षशील महिलाको चेतनालाई प्रतिनिधित्व गर्ने कथा प्रस्तुत गरिएको बताए ।

म्याग्नेलिया गु्रपको ब्यानरमा कल्पना पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, सरोज खनाल, विनोद न्यौपाने, रविन्द्र खड्का, शिशिर बाङ्देल, गीता अधिकारी, जेएन घिमिरे, मानुसी शर्मा, मीरा पण्डितको पनि अभिनय छ ।

प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद रहेको फिल्मलाई शिव ढकालले खिचेका हुन् । अर्जुन पोखरेल, विश्वप्रकाश शर्मा, मनोज चौलागाईंको संगीत छ ।

कमल राई र कविराज गहतराजको नृत्य निर्देशन छ । महेश कोइराला र सूर्यकान्त कोइराला सहनिर्माता रहेको फिल्मलाई तारा थापा किम्भेले सम्पादन गरेका हुन् भने एनबी महर्जनको द्वन्द्व निर्देशन छ । फिल्म राजधानीभित्र काफिया फिल्म्स् र मोफसलमा ब्याङ्केट्स इन्टरटेन्मेन्टले बितरण गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?