+
+
Shares

ओखलढुंगा राई दम्पती हत्या : १५ दिनपछि काठमाडौंबाट समातिए २ अभियुक्त

खाट छेउको भुईंमा सिरक ओडेको अवस्थामा राई दम्पती मृत भेटिएका थिए । हत्यामा प्रयोग भएको कोदालो समेत प्रहरीले बरामद गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २५ गते १६:४२

२५ माघ, काठमाडौं । ओखलढुंगामा भएको राई दम्पती हत्याका अभियुक्त १५ दिनपछि काठमाडौंबाट पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले राई दम्पती हत्यामा संलग्न भएको आरोपमा काठमाडौंबाट १७ वर्षीय किशोरसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ओखलढुंगाकै चिशंखुगढी गाउँपालिका–६ घर भएका ३४ वर्षीय धनबहादुर राना मगर र एक १७ वर्षीय किशोर छन् ।

उनीहरूले चिशंखुगढी गाउँपालिका–६ का ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती ८० वर्षीया चन्द्रमाया राईको १२ माघको राति हत्या गरेको पाइएको प्रहरीले बताएको छ । लुट्ने उद्देश्यले उनीहरू काठमाडौंदेखि ओखलढुंगा गएर हत्या गरेको पाइएको सीआईबीले बताएको छ ।

खाट छेउको भुईंमा सिरक ओडेको अवस्थामा राई दम्पती मृत भेटिएका थिए । हत्यामा प्रयोग भएको कोदालो समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेकाहरुको कोठाबाट प्रहरीले मृतक राईले प्रयोग गर्ने मोबाइल, प्रतिवादीहरुले प्रयोग गर्ने २ थान मोबाइल, लुटिएका १५९ थान रिचार्ज कार्ड, मृतक राईबाट लुटिएको कानको मारवाडी १ जोर र १ थान सिक्री बरामद भएका छन् । सी माला, नगद १२ हजार पनि बरामद भएको छ ।

अन्य व्यक्तिहरूले थाहा पाउन सक्नछन् भनेर उनीहरू रातको समयमा राई दम्पतीको गाउँ गएको र राति नै हत्या गरेर फरार भएको पाइएको छ । काठमाडौं आउने क्रममा बसको टिकट काट्दा समेत वास्तविक नाम ढाँटेर अर्कै नामबाट टिकट लिएको पाइएको छ ।

पक्राउ परेका दुुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि ओखलढुंगा पठाइएको छ ।

यसअघि पनि १५ पुसमा चिशंखुगढी गाउँपालिका–६ मा नै किराना पसल सञ्चालन गर्दै आएका ६० वर्षीय शोभितमान थापा मगर र उनकी ६० वर्षकै श्रीमती रत्नमाया थापा मगरेको हत्या भएको थियो । लुटपाटका लागि हत्या भएको अनुसन्धानबाट देखिएको थियो ।

यो हत्यामा ओखलढुंगाको चिसाङ्ग गाउँपालिका–३ दियालेका २८ वर्षीय मिलन भनिने संगम राई, सोही गाउँपालिका–४ का ४० वर्षीय विनोद राई, सोही गाउँपालिका–४ का ४० वर्षीय प्रकाश भुजेल र चिसाङ–४ कै ३० वर्षीय दार्जे भनिने अशोक भुजेल पक्राउ परेका थिए । उनीहरू पुर्पक्षमा अहिले कारागारमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?